वायुमन्डलमा कार्बन डाइअक्साइडको मात्रामा रेकर्ड बृद्धि
नेपालबहस संवाददाता
जेठ २२, २०७९ आइतबार १३:१६:७
२२ जेठ एजेन्सी । पृथ्वीको वायुमण्डलमा कार्बन डाइअक्साइडको स्तर यस वर्षको मे महिनामा रेकर्ड बृद्धि भएको छ ।
नेसनल ओसो निक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन एनओएएद्वारा हालै जारी गरिएको तथ्यांकअनुसारकार्बन डाइअक्साइडको स्तर औद्योगिक क्रान्ति अघिको तुलनामा हाल ५० प्रतिशतभन्दा भन्दा बढी छ । अमेरिकाको हवाईको मौना लोआ ज्वालामुखीमा एनओएएको मौसम स्टेसनमा मापन गरिएको कार्बन डाइअक्साइड मे महिनामा उच्च विन्दुमा पुगेको वैज्ञानिकहरूले ३ जुनमा घोषणा गरेका थिए ।
संसारभरका पावर प्लान्टहरू, अटोमोबाइलहरू, फार्महरू र अन्य स्रोतहरूले ठूलो मात्रामा कार्बन डाइअक्साइडलाई वायुमण्डलमा फाल्दा ग्यासको मात्रा अत्यधिक बढेको छ । सन् २०२१ मा कुल ३६ दशमलब ३ अर्ब टन उत्सर्जन भएको थियो , जुन मानव इतिहासमै उच्चतम स्तर हो । ‘विज्ञान अकाट्य छ । मानिसहरूले हाम्रो अर्थतन्त्र र पूर्वाधारले अनुकूलन गर्नुपर्ने तरिकामा हाम्रो जलवायु परिवर्तन गरिरहेका छन्’, एओएएका प्रशासक रिक स्पिनराडले भने ।
उनले अगाडि थपे, ‘हामी हरेक दिन हाम्रो वरपर जलवायु परिवर्तनको प्रभावहरू देख्न सक्छौं। मौना लोमा मापन गरिएको कार्बन डाइअक्साइडको निरन्तरको बृद्धिले हामीले अझ बढी जलवायु तयार राष्ट्र बन्नको लागि तत्काल, गम्भीर कदम चाल्नु आवश्यक छ । ’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३८ करोड २० लाख विद्युतीय सवारी बनाउन क्यार्लिफोनियामा भेटियो लिथियमको अथाह भण्डार
मंसिर १४, २०८१ शुक्रबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित
मंसिर १४, २०८१ शुक्रबार
कोशीका पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार