आगामी ३ वर्षभित्रमा फोहोरलाई शून्यमा झार्ने खुकुरी रमको प्रतिवद्धता

नेपालबहस संवाददाता
जेठ २२, २०७९ आइतबार १५:२६:३७

२२ जेठ, काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा नेपालको अग्रणी मदिरा ब्राण्ड खुकुरी रमको उत्पादक दि नेपाल डिस्टिलरिज प्रालि ‘एनडीपीएल’ ले तीन वर्षभित्र उत्पादन प्रक्रियाबाट निस्ने फोहोरलाई शून्यमा झार्ने जनाएकाे छ ।
विश्व वातावरण दिवसको अवसर पारेर कम्पनीले विज्ञप्तिमार्फत भनेको छ, “अहिले पनि उत्पादनका क्रममा निस्किने फोहोरहरुलाई ९८ प्रतिशत व्यवस्थापन गर्न सफल भइसकेकाले यसलाई आगामी ३ वर्षभित्रमा शून्यमा झार्ने र पुनः प्रयोग गर्ने अवस्था बनाउने प्रतिबद्धता गर्दछौं।”
यस्तै, सन् २०३२ सम्ममा सत्प्रतिशत दिगो प्याकेजिङलाई कार्यान्वयनमा ल्याइसक्ने जनाइएको छ। वातावरणमा हुनसक्ने नकारात्मक प्रभावलाई कम गर्न निरन्तर सप्लायर्स र विज्ञहरुसँग गरिरहेको कामलाई पनि जारी राख्ने कम्पनीको भनाइ छ।
वातावरणमा आफ्नो उत्पादन प्रक्रियाले पुर्याउन सक्ने असरतर्फ सजग हुँदै बोतलहरु पुनः प्रयोग गर्ने पनि कम्पनीले जनाएको छ। यसका लागि कम्पनीले अहिले आफ्ना उत्पादनमा प्रयोग हुने बोतलहरु संकलन गर्ने इकोसिस्टमको विकास गरिरहेको विज्ञप्तिमा उल्लेख छ। हाल नेपालमा यो अभ्यास धेरैजसो बियर उद्योगहरुले गरिरहेका छन्।
यीबाहेक कम्पनीले ग्रीन इनर्जीमा समेत काम गरिरहेको पनि कम्पनीले जनाएको छ। आगामी तीन वर्षभित्रमा ग्रीन इनर्जीको अवधारणालाई कार्यान्वयनमा ल्याइसक्ने जिकिर कम्पनीको छ।
प्रेस विज्ञप्ति
नेपालको स्थापित तथा अग्रणी ब्राण्ड खुकुरी रमको उत्पादक, दि नेपाल डिस्टिलरिज प्रालि संगठनात्मक क्षेत्रमा
स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी हो । हामी विश्व वातावरण दिवसको अवसरमा वातावरण
संरक्षण तथा दिगोपना विकासका लागि निम्न प्रतिबद्धता जनाउँदछौं ः
१.हामीले हाम्रा उत्पादन प्रक्रियाका क्रममा निस्किने फोहोरहरुलाई ९८ प्रतिशत व्यवस्थापन गर्न सफल भइसकेका छौं
। यसलाई आगामी ३ वर्षभित्रमा सत्प्रतिशत शून्यमा झार्ने र पुनः प्रयोग गर्ने अवस्था बनाउने प्रतिबद्धता गर्दछौं ।
२.हामी सन् २०३२ सम्ममा सत्प्रतिशत दिगो प्याकेजिङलाई कार्यान्वयनमा ल्याइसक्नेछौं । अहिले पनि सकेसम्म
वातावरणमा हुनसक्ने नकारात्मक प्रभावलाई कम गर्न निरन्तर हाम्रा सप्लायर्स र विज्ञहरुसँग काम गरिरहेका छौं ।
३.हामी हाम्रा बोतलहरु पुनः प्रयोग गर्नेछौं । हाल हाम्रा उत्पादनमा प्रयोग हुने बोतलहरु संकलन गर्ने इकोसिस्टमको
विकास गरिरहेका छौं । अत्याधुनिक प्रविधिको सहयोगले बोतलहरु सफा गरी पुनः प्रयोग गर्ने थिति बसाल्ने काममा
समेत हामी अग्रसर छौं । हाल नेपालमा यो अभ्यास धेरैजसो बियर उद्योगहरुले गरिरहेका छन् ।
४.हामी ग्रीन इनर्जीमा समेत काम गरिरहेका छौं । आगामी तीन वर्षभित्रमा हामी ग्रीन इनर्जीको अवधारणालाई
कार्यान्वयनको तहमा पुर्याइसक्नेछौं ।
५.एनडिपीएलले विगत २ वर्षदेखि नेपाली सेनासँगको सहकार्यमा हिमाल सरसफाईमा काम गरिरहेको छ । आगामी
दिनहरुमा समेत यो सहकार्य(अभियान) जारी राख्ने प्रतिबद्धता गर्दछौं ।सुभास लामिछाने
महाप्रबन्धक
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिसान र होन्डाका मर्जर वार्ता रद्द, शेयर मूल्यमा बृद्धि
फागुन २, २०८१ शुक्रबार
एडिडासलाई १५ हजार डलर जरिवाना
फागुन २, २०८१ शुक्रबार
जनवरीमा नर्वेको बजारमा विद्युतीय कारको बिक्री ९६ प्रतिशत
माघ २१, २०८१ सोमबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार
पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति
फागुन १४, २०८१ बुधबार
आज महाशिवरात्री, भगवान शिवको पूजा गरी मनाइँदै
फागुन १४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन १४, २०८१ बुधबार