वातावरण दिवसको अबसरमा सांग्रिला डेभलमेन्ट बैंकको साइकल र्याली
नेपालबहस संवाददाता
जेठ २२, २०७९ आइतबार २०:२:८
२२ जेठ, काठमाडौं । सांग्रिला डेभलमेन्ट बैंकले विश्व बातावरण दिवसको अवसरमा साइकल र्याली सम्पन्न गरेको छ ।
आइतबार आजजुन ५, २०२२ का दिनमा मनाइने विश्व बातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लि.ले“इन्धन वचाउ पृथ्वी वचाउ”, “साइकल चलाउ इन्धन वचाउ” जस्ता नाराका साथ साईकल र्यालीको आयोजनागरी सम्पन्न गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठबाट साइकल ¥यालीमा सहभागीहरुलाई इन्धन वचाउन सांग्रिला डेभलपमेन्ट बैंकले चालेका कदमहरुको विषयमा संवोधन गरे पश्चात साईकल र्यालीको शुरुवात गरिएको थियो ।
बैंकको केन्द्रिय कार्यालय बालुवाटारबाट सुरु भई भाटभटेनी, नक्साल, ज्ञानेश्वर, कृष्ण पाउरोटी, पुतलीसडक, शहिदगेट, माइतीघर, भद्रकाली मन्दिर, जमल, दरबार मार्ग, लैनचौर, कालिका टावर हुँदै सांग्रिला डेभलपमेन्ट बैंक लि. वालुवाटारमा पुगेको बैंकले जनाएको छ ।
बैंकले आयोजना गरेको साइकल र्यालीमा बैंकका सस्थापक र सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ बैंकको उच्च व्यवस्थापन तहका कर्मचारीहरु, विभागीय प्रमुखहरु तथा अन्य कर्मचारीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
इन्धनखपत घटाउने समग्र देशको प्रयासमा केही इँटा थप्ने उद्देश्यले बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई कार्यालय आवात जावत गर्दा विद्युतीय सवारीसाधनको प्रयोग, सार्वजनिक यातायातको प्रयोग, कम इन्धन प्रयोग हुने सवारीसाधनको प्रयोग, साईकलको प्रयोग तथा हिंडेर कार्यालय आवत जावततथा कार पुलिङ्ग गर्न उत्पे्ररित गरिरहेको यस बैंकले आयोजना गरेको यस साइकल ¥याली मार्फत वातावरण संरक्षण तथा इन्धन (पेट्रोलियमपदार्थ) वचाउनका लागि विभिन्न विकल्पकहरुको प्रयोग गर्न सन्देश दिन खोजिएको जानकारी गराइन्छ ।
देशमा इन्धनको खपत सक्दो कम गरी बातावरण लाई सफा स्वच्छ राख्नको लागी विभिन्न किसिमका कार्यक्रम तथा शिविर मार्फत प्रोत्साहित गर्ने उद्देश्यका साथ Save Fuel Challenge भन्ने नाराका साथ बैंक अगाडि बढेकोले यस्ता किसिमका कार्यक्रमहरुलाई बैंकले निरन्तरता दिंदै जाने बैंकले जनाएको छ ।
समाज र देशको हितका लागि इन्धन खपत घटाउने समग्र देशको प्रयासमा केही इट्टा थप्ने उद्देश्यले “इन्धन बचाउ पृथ्वी वचाउ”“साईकल चलाउ ईन्धन बचाउ”भन्ने नाराका साथ वातावरण दिवसका दिन आयोजना गरिएको यस साईकल र्यालीमा सम्पूर्ण व्यक्तित्वहरुको उत्साह पूर्वक सहभागीता रहेका बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार