शेयरबजारबारे प्रधानमन्त्रीले लिए जानकारी, चाँडो समाधान निकाल्न गभर्नरलाई निर्देशन
नेपालबहस संवाददाता
जेठ २२, २०७९ आइतबार २२:५६:३८
२२ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निरन्तर घटिरहेको शेयरबजारका समस्या पहिचान गरी समाधान गर्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले शेयरबजारका समस्याबारे जानकारी लिएपछि गभर्नर अधिकारीलाई टेलिफोन गरी निर्देशन दिएका हुन् ।
आइतबार प्रधानमन्त्री देउवालाई भेट्न पुगेका पुँजीबजार लगानीकर्ता संघका पदाधिकारीको बजार घट्नुका कारण बताउँदै पहल गरिदिन आग्रह गरेपछि प्रधानमन्त्री देउवाले गर्भनरलाई टेलिफोन गरेर समस्या समाधानका लागि भनेका हुन् ।
आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता र सिद्धान्त संसदमा पेस भएपछि शेयरबजार निरन्तर घटिरहेको छ । बजार घटेपछि लगानीकर्ताहरु मारमा परेको भन्दै सुधारका लागि पहल गरिदिन लगानीकर्ताका संघसंस्थाहरुले प्रधामन्त्री गुहारेका हुन् ।
प्रधानमन्त्रीसँगको भेटमा शेयरबजारको पछिल्लो अवस्था, सेयर बजारमा परेको दवाव, सेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पाइने सीमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो)ले बजारमा पारेको प्रभाव लगायत विषयमा अवगत गराइएको संघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
लगानीकर्ताको टोली भोली सोमबार गभर्नर अधिकारीलाई भेट्न तयारी गरेको बताएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा लगाएको ४ देखि १२ करोडको सीमा खारेज गर्नुपर्ने र सेयर कर्जामा १५० प्रतिशतको भारित औसत जोखिम कम गरेर पुरानै व्यवस्था कायम गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।
लगानीकर्ताले राष्ट्र बैंक र धितोपत्र बोर्डले कुनै सकारात्मक काम नगरेको र प्रतिकुल नीति लिएकाले बजार घटेको आरोप लगाउँदै दवाव दिन सुरु गरेको बताएका छन् । यसअघि राष्ट्र बैंकले बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभाव भएसँगै शेयरबजार र घरजग्गामा जाने कर्जामा केही कडाइ गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
हाई कमाण्डमा देउवा र ओली, उच्चस्तरीय राजनीतिक संयन्त्रको अण्डरमा तीन वटा कार्यदल
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
कर्णाली नदीमा डोजर पल्टिँदा सहचालक बेपत्ता, चालकको उद्धार
पुष १३, २०८१ शनिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पुष १३, २०८१ शनिबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार