अमेरिकामा भ्रष्टाचार गरेको भन्दै एनएएनसीका प्रितेश कार्कीबिरुद्ध अदालतमा उजुरी
नेपालबहस संवाददाता
जेठ २३, २०७९ मंगलबार ४:९:३०
२३ जेठ, काठमाडौं । नेपाली एसोसिएसन अफ नर्थर्न क्यालिफोर्निया (एनएएनसी) को नयाँ नेतृत्व विवादमा परेको छ । गत ३० मे मा प्रितेश कार्कीले आफ्नो अध्यक्षतामा एकल रुपमा १३ सदस्सीय कार्य समिति निर्विरोध चयन भएको दावी गरेकोमा एनएएनसीकै सदस्यहरुले बिरोध गरेका छन् ।
बिशेषगरी, आर्थिक अपारदर्शिता, भ्रष्टाचार र बेरुजुको आरोप प्रितेश माथि लागेको छ । उनको आर्थिक अपारदर्शिता र बेरुजुको बिरुद्धमा केही सदस्यहरुले सुपेरियर कोर्ट मार्टिनेजमा मुद्धा दायर गरेका छन् । उजुरी परेसँगै अदालतले प्रितेशको नेतृत्वलाई रोक लगाउँदै प्रतिवादीहरुलाई जुलाई २१ मा उपस्थित हुन आदेश दिएको छ ।
आफूलाई इन्जिनियर दावी गर्ने गरेका प्रितेश सनफ्रान्सिस्कोमा मदिरा व्यवसायमा सक्रिय छन् । यसअघि उनी एनएएनसीको महासचिव थिए । त्यतिबेला पदको दुरुपयोग गर्दै संस्थाको लेटरहेड दुरुप्रयोग गरी नेपाली समुदायबाट ब्यक्तिगत फाइदा निकै उठाएको आरोप समेत उनीमाथि छ ।
सन् २०१८ मा उनी महासचिव भएकै बेलामा नेपालबाट पण्डित दीनबन्धु पोखरेललाई अमेरिका लगि महापुराण लगाइएको थियो । क्यालिफोर्नीयामा सामुदायिक केन्द्र निर्माणका लागि रकम संकलन गर्ने भनेर लगाइएको महापुराणमा पण्डित दिनबन्धुले १३ हजार पारिश्रमिक मागेकोमा प्रितेशले उनलाई २४ हजार डलर पारिश्रमिक दिएको दावी गरे तापनि सो रकमको ‘रिसिभ’ देखाउन नसकेपछि उनले ११ हजार घोटाला गरेको देखिएको छ । अमेरिकी कानूनअनुसार यस सन्दर्भमा पण्डित पोखरेल पनि तानिनसक्ने दावी उजुरीकर्ताहरुले गरेका छन ।
त्यति मात्रै नभइ, चिठ्ठा कार्यक्रममा ४ सय वटा अर्धकट्टी बिनाको टिकट भेटिएको र त्यसको पनि हिसाब नदिएको, पुरस्कार वितरण पनि अपारदर्शी गरेको लगायतका थुप्रै आर्थिक चलखेलको आरोप उनीमाथि लागेको छ । प्रितेशले एनएएनसीको पदाधिकारीको हैसियतले मनोमानी ढंगले कार्यक्रम गरेको, करिब ३० हजार डलरमा सम्पन्न हुने महापुराणमा ८० हजार डलर खर्च भएको भन्दै बिना बिलको हिसाब देखाएकोप्रति पनि सदस्यहरुले असन्तुष्ट ब्यक्त गर्दै छानविनका लागि प्रक्रिया अघि बढाएका छन् ।
‘यस्तो भ्रष्टाचार,अपारदर्शी र मनोमानीको दलदलमा फसेको ब्यक्ति संस्थाको अध्यक्ष कसरी हुन सक्छ ?’ उजुरीकर्ता एक सदस्यले भने, ‘उनले गरेको भ्रष्टाचार,आर्थिक चलखेल र मनोमानीको पूर्ण रुपमा छानविन गर्नका लागि अदालत पुगेका हौ ।’ उजुरीकर्ताहरु अदालतले निसाफ दिनेमा बिश्वस्त रहेको बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार