काठमाडौं उपत्यकाको फोहोर आजदेखि उठाइँदै
नेपालबहस संवाददाता
जेठ २४, २०७९ मंगलबार १२:२८:५५
२४ जेठ काठमाडौं । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर आजदेखि उठाइँदैछ । सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका धादिङ तथा ककनी गाउँपालिका नुवाकोटका प्रतिनिधिबीच सोमबार भएको सहमति अनुसार मंगलबारदेखि फोहोर उठाउन लागिएको हो ।
सहमतिपत्रमा सहरी विकास मन्त्रालयका तर्फबाट बन्चरेडाँडा फोहर व्यवस्थापन आयोजनाका निर्देशक रविन्द्र बोहरा, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, धुनिवेशी नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल र ककनी गाउँपालिकाका तर्फबाट गीताकुमारी शर्माले हस्ताक्षर गरेका छन् ।
सहरी विकासमन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरका मेयर बालेन्द्र शाहसहित प्रभावित क्षेत्रका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरुको रोहबरमा यो सहमति भएको हो । सहमतिअनुसार फोहोरलाई स्रोतमै छुट्याउने प्रक्रिया सुरु गर्दै हाल उपत्यकामा थुप्रिएका फोहोरलाई अहिलेकै अवस्थामा बढीमा असार मसान्तसम्म उठाई लैजानका लागि मंगलबारदेखि नै उठाउने र माटोले फोहोर छोप्ने व्यवस्था मिलाइनेछ ।
यस्तै, काठमाडौं महानगरपालिकाले धुनिवेशी नगरपालिका वडा नम्बर १, ३, ४ र ककनीको वडा नम्बर १, २ र ३ का प्रभावित क्षेत्रका स्थायी बसोबास गरिरहेका बासिन्दालाई नेपाल स्वास्थ्य बीमा बोर्डबाट विधि र प्रक्रिया पूरा गरी दोहोरो नपर्ने गरी स्वास्थ्य बीमा गर्ने र यो कामको सुरुवात एक हप्ताभित्र गर्ने प्रतिबद्धता जनाएको छ ।
काठमाडौंले साउन १ देखि उपत्यकामा उत्पादन हुने फोहोरलाई स्रोतमै वर्गीकरण गरी लैजाने व्यवस्था गर्ने र वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदनका आधारमा व्यवस्थापन योजना बनाएर ६ महिनाभित्र सिसडोलको पोस्ट क्लोजरको प्रक्रिया सुरु गर्ने प्रतिबद्धता जनाएको छ । धुनिवेशी नगरपालिकाको वडा नम्बर १, ३, ४ र ककनीको १, २ र ३ का प्रभावित क्षेत्रका वडाहरुको पूर्वाधार विकासका लागि विगतमा उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिने सहमति भएको छ ।
यस्तै, सहरी विकास मन्त्रालयले बन्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्रमा मन्त्रालयबाट आगामी आर्थिक वर्षका लागि विभिन्न ५ वटा सडकका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण कार्य, सामुदायिक भवन, मन्दिर निर्माण र वृक्षरोपण कार्यक्रमका लागि १ करोड ७० लाख विनियोजन गरिएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’
पुष १०, २०८१ बुधबार
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार
हिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार