यू-१९ महिला विश्वकप छनोटमा नेपालले आज थाइल्याण्डसंग खेल्दै
नेपालबहस संवाददाता
जेठ २४, २०७९ मंगलबार १३:३९:४३
२४ जेठ काठमाडौं । यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले आज थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको युकेएम ओभलमा नेपालले चौंथो खेलमा बलियो थाइल्याण्डको सामना गर्न लागेको हो ।
नेपाल र थाइल्याण्डबीचको खेल बिहान ११ बजे सुरु हुनेछ । नेपाल आज तेस्रो जित निकाल्ने योजनामा रहेको छ। अघिल्लो तीन खेलमा नेपालले दुई जित र एक हार व्यहोरेको छ ।
नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । तर, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० पराजित भएको छ। तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो ।
नेपाल ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । थाइल्याण्ड लगातार चौंथो जित निकाल्ने योजनामा रहेको छ । थाइल्याण्डले अघिल्ला तीन खेलमा लगातार जित निकालेको छ। थाइल्याण्ड ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । नेपालले अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
असार १७ को सहमति भन्दै भित्रभित्रै संविधान संशोधनको गृहकार्य, बेखबर छ माओवादी
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
पुष १०, २०८१ बुधबार
म्यानमारको अराकान आर्मीले महत्त्वपूर्ण सीमा क्षेत्र कब्जा गर्दा बंगलादेशमा असर
पुष १०, २०८१ बुधबार