बेलायतका प्रधानमन्त्री जोनसनले पाए विश्वासको मत
नेपालबहस संवाददाता
जेठ २४, २०७९ मंगलबार १३:४२:५६
२४ जेठ एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको पद तत्कालका लागि बचेको छ। पार्टीगेट काण्डका कारण समस्यामा परेका बेलायतका प्रधानमन्त्री आफ्नै पार्टीको संसदीय दलमा अविश्वासको प्रस्तावको सामना गरेका जोनसनले विश्वासको मत पाएपछि उनको पद जोगिएको हो ।
गएराति भएको कन्जरभेटिभ पार्टीको संसदीय दलमा भएको विश्वासको मतदानमा कन्जरभेटिभका कुल ३५९ सांसद मध्ये जोनसनको पक्षमा २११ मत परेको थियो भने उनको विपक्षमा १४८ मत परेको थियो। यो जितपछि जोनसन अब कम्तिमा एक वर्ष प्रधानमन्त्री पदमा रहनेछन् ।
पार्टी र सरकारमा बढ्दो विरोधका कारण जोनसनको पद जाने आशंकाका बीच २११ सांसदले उनीमाथि विश्वास देखाएको बीबीसीले जनाएको छ। यसबाट कन्जरभेटिभ पार्टीका ४० प्रतिशत सदस्य उनका विरोधी बनेका छन् । कोरोनाको नियम उल्लङ्घन गरेको पार्टीगेट काण्ड प्रकरणमा पार्टीका ४० भन्दा बढी सांसदले उनको राजीनामाको माग गरिरहेका थिए । सन् २०२० जुन २० मा बेलायती प्रधानमन्त्रीको कार्यालय उनिङ स्ट्रिटमा कोरोना महामारीको प्रारम्भिक दिनमा जोनसनले जन्मदिनको पार्टी मनाएका थिए ।
कोरोना नियम उल्लङ्घन गरी मन्त्रिपरिषद् कक्षमा पार्टीको आयोजना गरिएको थियो । यसका लागि प्रधानमन्त्री जोन्सन र उनकी श्रीमती क्यारीलाई जिम्मेवार मानिएको थियो। बेलायती नेताहरूले यसलाई ‘पार्टीगेट स्क्यान्डल’ भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसंघका महासचिवको चिन्ता
पुष १०, २०८१ बुधबार
अजरबैजान विमान दुर्घटनामा ३० भन्दा बढीको मृत्यु, २८ जनालाई जीवितै उद्धार गरियो
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार