प्रधानमन्त्रीसमक्ष पुगेको अशुभ समाचारले बचायो गठबन्धन, देउवाले जोखिम नमोल्दा सरकार सुरक्षित
केदार भट्टराई (काका)
जेठ २४, २०७९ मंगलबार १७:३३:५१
२३ जेठ, काठमाडौं । सतही राजनीतिमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई आएको प्रधानमन्त्री अफरको चर्चा चलिरहेका बेला भएको भित्री राजनीतिक खेलबाट सत्ता समीकरण बचेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सहयात्रीसँगको परामर्शबाटै अल्पमतमा पुग्न लागेको सरकार र भाडिन लागेको सत्ता गठबन्धनलाई बचाएका छन् । गठबन्धन टुटाउन नेकपा एमालेले प्रचण्ड र नेपाललाई प्रधानमन्त्रीको लोभ देखाएको विषयमा राजनीति अलमलिएका बेला खेल भने दल फुटाउने तर्फ केन्द्रीत भएको रहस्य अहिले खुल्न थालेको छ ।
माओवादी अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यसहित पूर्वस्थायी समितिका सदस्यहरुको बैठक खुमलटारमा बोलाएका बेला एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री देउवासँग मन्त्रिपरिषद हेरफेरका विषयमा कुरा गरेका थिए । प्रधानमन्त्री र नेपालबीच कुराकानी हुँदासम्म सरकार फेरबदल गर्दा सरकार अल्पमतमा जाने र गठबन्धनमा रहेका दुई दल विभाजित हुनसक्ने सूचना पुगेको थिएन् ।
स्रोत भन्छ,‘ सूचना नआएका कारण देउवाले तपाइले नाम दिनु म हेरफर गराैंला भनेका थिए । त्यही अनुसार नेपालले सचिवालय बैठकमा सम्मानित नेता झलनाथ खनाल र महासचिव बेदुराम भुसाल लगायतका नेताहरुसँग छलफल गरेका थिए ।’
आइतबारको बैठकमा समाजवादीले मन्त्री हेरफरेका लागि नाम पठाउनु अघि नै देउवाले सुचना पाइसका थिए । ‘तत्काल मन्त्रिपरिषदमा हेरफेर गर्दा सरकार र गठबन्धनमा समस्या आउन सक्छ । संसद चालु रहेसम्म हेरफरे नगर्नु ।’ यो सूचना माओवादी केन्द्रको माथिल्लो तहबाटै गएको स्रोत बताउँछ ।
सूचनामा नेकपा एकीकृत समाजवादी र जनता समाजवादीमा समस्या आउने र त्यसले माओवादीमा पनि असर गर्ने उल्लेख थिए । स्रोत भन्छ, ‘सत्ता समीकरण र दलहरुमा विभाजन आउने खतरा बढेको र यसलाई रोक्न प्रधानमन्त्रीसँग छुट्टै छलफल आवश्यक भएको विषयमा माओवादीका अध्यक्ष प्रचण्डले खुमलटार बैठकमै नेताहरुलाई बताएका थिए । केही सञ्चार माध्यामले यसलाई उठाउन खोजेका थिए तर, पछि विषय अन्यत्रै मोडियो ।’
बालुवाटारमा सोमबार बिहान बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा मन्त्रिपरिषद हेरफेरका विषय माधव नेपाललाई प्रधानमन्त्रीले सुनाएपछि उनी चुप भएका थिए । अहिलेसम्म पनि नेपालले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।
एकीकृत समाजवादी र जनता समाजवादी पार्टीमा समस्या उत्पन्न हुँदा त्यसको असर सत्ता गठबन्धन, सरकार र माओवादीमासमेत पर्ने भन्दै देउवा र प्रचण्डले अहिले मन्त्री हेरफेर गर्दा अरू पार्टीमा पनि प्रभाव पर्ने भन्दै तत्कालका लागि निर्णय रोक्न नेपाललाई आग्रह गरेका थिए ।
सरकारकै विषयलाई लिएर जसपा विभाजन र मन्त्री, नेतृत्व र एमसीसीको विषयले समाजवादी र माओवादीमा असर पारेकोबारे छलफल गरिएको थियो । यी कारणले गर्दा सके संसद स्थगित भएपछि र नसके बजेट पारित भएपछि मन्त्रिपरिषद हेरफेर गर्दा सरकार सुरक्षित हुने दाहाल र देउवाले धारणा राखेका थिए ।
बजेट पारित गरेर मात्रै मन्त्रिपरिषद हेरफेर गर्न सहमत भएको भन्दै स्रोत भन्छ, ‘मन्त्रिपरिषद हेरफेरकै कारण एकीकृत समाजवादीमा विवाद चर्कियो र जसपा फुट्यो भने बजेट पारित गर्न कठिन हुन्छ । त्यसकारण अहिले जोखिम नलिने भन्ने निष्कर्षपछि तत्काललाई मन्त्रिपरिषद हेरफेर नगराैं भन्ने प्रधानमन्त्रीको धारणा हो ।’
यदि प्रधानमन्त्री देउवाले यो विषयलाई वेवास्ता गरी जोखिम मोल्न तयार भएको भए एकीकृत समाजवादीका नयाँ मन्त्रीले सोमबार नै शपथ गर्ने थिए । एकीकृतमा विवाद र जसपा फुट नजिक रहेको सूचनापछि प्रधानमन्त्री देउवाले बजेट पारित नहुँदासम्म मन्त्रिपरिषद हेरफेर नहुने भन्दै जसपालाई पनि फुटबाट तत्कालका लागि जोगाएका छन् ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार