श्रमिकको समस्या सामाधान गर्ने नाममा अवैद्य क्रियाकलाप
नेपालबहस संवाददाता
जेठ २४, २०७९ मंगलबार १९:७:११
२४ जेठ, काठमाडाैं । श्रम विभागमा दर्ता भएको भनिएको एक यूनियनले श्रमिकको समस्या सामाधान गर्ने नाममा अवैद्य क्रियाकलाप गर्ने गरेको खुलेको छ ।
श्रम विभागमा दर्ता नम्बर १० रहेको भनिएको ‘नेपाल बिजुली, पेन्टर, पलम्बर तथा निर्माण मजदुर युनियन’ नामको संस्था दर्ता गरेर केही स्वार्थी समूहले श्रमिकलाई सहयोग गर्ने नाममा पत्र काटेर विभिन्न व्यक्ति तथा उद्योगी–व्यवसायीलाई आतंकित पार्ने गरेको पाइएको छ ।
श्रम कार्यालयमा दर्ता हुँदैमा श्रम कार्यालयकै अधिकार प्रयोग गर्दै समस्या सामाधानका नाममा पत्र काटेर नपाएको अधिकार प्रयोग गर्न थालेपछि सम्वन्धित थुप्रै व्यवसायीले गुनासो गर्न थालेका छन् ।
त्यसरी काटीएको पत्रमा ७ दिन भित्र सम्पर्कमा नआएमा युनियनले कारवाही अघि बढाएर निवेदकलाई सहयोग गर्ने व्यवहोरा उल्लेख छ । श्रम कार्यालयका अधिकारीका अनुसार त्यसरी पत्र काट्ने अधिकार श्रम कार्यालयले कसैलाई दिएको छैन ।
‘त्यस्ता पत्र अवैद्यानिक हुन्, पत्र काटेर डाक्यो भन्दैमा उपस्थित हुनु पर्दैन,’ श्रम अधिकारीको प्रतिक्रिया थियो । यहीबीच, श्रम सम्वन्ध प्रमुख भनिएका मानबहादुर मगरसँग सम्पर्क गर्न खोज्दा मोवाइल उठाएनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार