संसदमा एमालेका सांसदः उपस्थिति पोजेटिभ, विषयवस्तुमा नेगेटिभ
केदार भट्टराई (काका)
जेठ २४, २०७९ मंगलबार १९:५७:२९
२४ जेठ, काठमाडौं । अघिल्लो पटक माधवकुमार नेपाल र सभामुख अग्निप्रसाद सापकोटाको विषयलाई लिएर पुरै संसद अवरोध गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चालु संसद अधिवेशनको भने पूर्ण उपयोग गरेको छ । बैठकमा उपस्थितिदेखि सरकारले ल्याएका सबै विषयमा एमाले सांसदहरु प्रतिकारात्मक रुपमा प्रस्तुत भएका छन् ।
सरकारले आगामी आर्थिक वर्षका लागि संसद सुरु भएकै दिन पेश गरेको बजेटका सिद्धान्त र प्राथमिकतामा अहिलेसम्म एमाले सांसदहरुले पूर्णरुपले विरोध गर्दै आएका छन् । एमालेको भाषामा सरकारले ल्याएको नीति तथा कार्यक्रम पूर्ण असफल र कामै नलाग्ने छ ।
बजेटमा आएका विषयबस्तुमा पनि एमालेले पुरै नकारात्मक टिप्पणी गरेको छ । बजेट एमालेका लागि महासत्रु भएको ठम्याई एकखाले सांसदहरुको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठकनै राखेर बजेटको चर्को विरोध, आलोचना र भण्डाफोर नै गर्न निर्देशन दिएपछि प्रतिनिधिसभाको बैठकमा एमाले सांसदको उपस्थिति पनि बाक्लिएको थियो ।
बजेटको मन्त्रालय अन्तर्गतको छलफल अझै जारी छ । बजेट बाहेक संसदमा पेस भएको बलात्कार सम्बन्धि हदम्यादको विषयमा पनि एमाले सांसदहरु प्रतिकात्मक शैलीमै उत्रिए । सत्ता पक्ष खास गरी नेपाली कांग्रेसका महिला सांसदहरु बलात्कार सम्बन्धि मुद्दाको हदम्याद हटाउनुपर्ने पक्षमा थिए । तर, एमाले सांसद बिन्दा पाण्डेबाहेक अरु महिला सांसदहरु हदम्यादको पक्षमा देखिएनन् ।
मंगलबारको बैठकमा एमाले सांसदहरुले गृहमन्त्री बालकृष्ण खाँणलाई तार्गेट बनाए । एमाले सांसदहरूले प्रतिनिधिसभा बैठकमा सरकारको कडा आलोचना गरे । बर्दियाको मधुवन नगरपालिकामा सोमबार प्रहरीको गोली लागेर मारिएकी नवीना थारुको विषयमा सांसदहरूले सरकारको कडा आलोचना गर्दै प्रहरीलाई गोली हान्ने आदेश कसले दियो भन्दै गृहमन्त्रीको जवाफ माग गरे ।
सांसदहरू खगराज अधिकारी, भीम रावल, विमला विक, सूर्य पाठक, लालबहादुर थापा, यज्ञबहादुर बोगटीले बर्दियाको गोलीकाण्डबारे सरकारको विरोध गरेका थिए । एमाले सांसद घनश्याम खतिवडाले गृहमन्त्री बालकृष्ण खाँणको जवाफप्रति आपत्ति जनाउँदै बर्दियामा भएको गोलीकाण्डबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरे ।
एमाले सांसद लालबहादुर थापाले बाजुराको बूढीगंगा नगरपालिकामा स्थानीय तह निर्वाचनमा भएका निर्णय र धाँधलीको जिम्मेवारी लिँदै गृहमन्त्री बालकृष्ण खाँण, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको राजीनामानै मागे । उनले आयुक्तहरू ईश्वरी पौडेल र रामप्रसाद भण्डारीको पनि राजीनामा माग गरे ।
सांसद थापाले सत्तापक्षले चुनावमा धाँधली गरेको र त्यसमा निर्वाचन आयोगको नेतृत्वले साथ दिएको आरोप लगाए । बूढीगंगामा एमाले र कांग्रेसका तर्फबाट केही वडाहरूमा बुथ कब्जा गरी ९९ प्रतिशतसम्म मतदान गरिएपछि आयोगले पुनः निर्वाचनको निर्णय गरेको विषयलाई लिएर उनले राजीनामा मागेका हुन् ।
एमाले सांसदहरुले प्रश्न उठाएपछि गृहमन्त्री बालकृष्ण खाँणले बर्दिया घटनामा कसैको आदेश विना नै प्रहरीले गोली चलाएको बताए । खाँणले प्रहरीले गोली चलाएको भएपनि गृहमन्त्रालयबाट गोली चलाउने आदेश नभएको र प्रमुख जिल्ला अधिकारीले पनि आदेश नदिएको जानकारी गराए ।
उनले छानबिन प्रतिवेदनपछि सरकारले गल्ती भएको ठाउँमा सच्याउने, दोषीलाई कारबाहीको दायरामा ल्याउने र पीडित परिवारलाई परिपूरणको व्यवस्था गर्ने जानकारी गराए । एमाले सांसद थापाले राजीनामा मागेपछि गृहमन्त्रीले मतदान सरकारले रोकेको नभइ निर्वाचन आयोगले रोकेकाले राजीनामा दिनु नपर्ने बताए ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार