विवादास्पद मलहोत्राको आँखा गिरिबन्धु टी स्टेट तिर: चियाबगान मासेर घडेरी बनाइँदै
नेपालबहस संवाददाता
जेठ २४, २०७९ मंगलबार २१:४:१६
२३ जेठ, काठमाडौं । आराध्यदेव महादेव धनप्रति आशक्त थिए वा थिएनन्, कुनै पुराण, शास्त्र, ग्रन्थमा पनि उल्लेख छैन । तर, धन भनेपछि महादेवको पनि तेस्रो नेत्र खुल्छ भन्ने उक्ति चाहीँ प्रचलित छ ।
वास्तविक जीवनम भने व्यवसायी दीपक मलहोत्रा धन भनेपछि कालोमन गरिहाल्ने खालका छन् । उनको दैनिकीले नै त्यो पुष्टि गर्दछ । राजश्व छल्न, कालोबजारी गर्न, दलाली गरेर रकम असुल्न त मलहोत्रा पोख्त कहलिन्छन् नै, पछिल्लो समय उनी सरकारी जग्गा, अनि सस्तामस्ता जग्गातिर आँखा गाड्न थालेका छन् । यसको पछिल्लो उदाहरण झापास्थित गिरिबन्धु टि स्टेटको जग्गा हो । जुन जग्गा कौडीको भाउँमा लिएर रियल स्टेटका रुपमा मालामाल बन्ने सपना मलहोत्राले पालेका छन् ।
उद्योग, कलकारखानाको जग्गामाथि हदबन्दी नलाग्ने नेपालको कानूनी छिद्रलाई टेक्दै विवादास्पद व्यवसायी दीपक मलहोत्रा एण्ड कम्पनीले चियाबगानको जग्गा सट्टापट्टा गरी अर्बाैं कमाउने योजनामा निकै अघि बढीसकेका छन् । सरकारका केही प्रभावशाली व्यक्ति तथा कर्मचारीलाई समेत प्रभावमा पारेर उनले गिरिबन्धु टि स्टेटको जग्गामा प्लटिङ गर्ने कार्यक्रम निकै अघि बढाइसकेका छन् । झापाका छत्र गिरी लगायतका गिरी बन्धुहरुको प्रतिष्ठाको विषय बनिरहेको टि स्टेटको जग्गामाथि व्यवसायीकीकरण गर्ने प्रक्रिया अघि बढेपछि स्थानीय मात्र होइन, केही राजनैतिक एवम् प्रतिष्ठीत व्यक्तित्वले पनि उक्त क्रियाकलापको विरोध जनाइरहेका छन् ।
लामो समयदेखि झापा जिल्लामै व्यवसायिक प्रतिष्ठा कमाइरहेको गिरिबन्धु टि स्टेटले वर्षाैंदेखि उद्योग, व्यवसायले छुट पाउने जग्गा हदबन्दीको कानूनी छिद्रलाई टेकेर लाभ उठाइरहेको अवस्थामा सोही जग्गालाई व्यवसायीक रुपमा प्लानीङ गरी घडेरी बिक्री गर्ने कार्य अघि बढाउन सस्तो भाउँमा जग्गा खरिद गरी उक्त चिया बगान अन्यत्रै सार्ने क्रियाकलाप तयारी गरेकोे राज्यका विभिन्न निकायले नै छानविन गर्न थालेपछि व्यवसायी मलहोत्रा यतिबेला उक्त कानूनी कारवाही रोकाएर आफ्नो धन्दालाई निरन्तर अघि बढाउन अवरोध नहोस् भन्ने खाँतीर विभिन्न शक्तिकेन्द्र धाइरहेको बताइएको छ ।
स्मरणीय छ, विगतमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको बानेश्वरस्थित घर भाडामा लिएर व्यापार गरेको अवस्थालाई निकट सम्बन्धमा परिणत गरी मलहोत्राले आयोगको बिचौलिया कार्यालय नै आफ्नो व्यवसायिक कम्प्लेक्समा सञ्चालन गर्दै आएको आरोप लागेको थियो । उनले कयौं धनाढ्यसँग अख्तियारको तिर देखाउँदै मुद्दा मिलाइदिने भन्दै मोटो रकम बार्गेनिड गर्ने गरेको उनीमाथि आरोप लाग्दै आएको छ । तत्कालीन प्रमुख आयुक्त कार्कीले मलहोत्राको उक्त धन्दा बारे जानकारी भएर पनि त्यतातर्फ चासो नदिनुलाई दुई बीच मिलोमतोका रुपमा हेर्ने गरिएको थियो ।
यसअघि, त्रिभुवन विमानस्थल, गौचरणस्थित पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सरकारी जग्गा कौडीको भाउँमा भाडामा लिएर विवादास्पद मलहोत्राले त्यहाँ गर्न थालेको व्यवसाय विवादित बन्न थालेपछि उक्त प्रकरण अख्तियार दूरुपयोग अनुसन्धान आयोगको छानविन घेरामा तानिएको छ । मलहोत्राले पार्किडसहितको व्यवसायिक कम्प्लेक्स मापदण्ड विपरित बनाएर अघि बढीरहँदा पनि उनीमाथि कुनै पनि सरकारी निकायले प्रश्नसम्म गर्ने आँट गरेको थिएन ।
यसै अवस्थामा पुनः विमानस्थलकै सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बलको युनिटलाई नै हटाएर अर्काे ९१ रोपनी जग्गा पनि मलहोत्राले टेण्डरमा लिन प्रक्रिया निकै अघि बढाइरहेका छन् । त्रिभुवन विमानस्थल क्षेत्रको सरकारी जग्गा विगतमा मापदण्ड विपरितको व्यवसायिक कम्प्लेक्स निर्माण गर्दा र अहिले ९१ रोपनी जग्गा टेण्डरमा दिने प्रक्रिया अघि बढाउन सहयोगीको भूमिका खेल्ने मुख्यपात्रका रुपमा हालका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी नै संलग्न थिए । महानिर्देशक अधिकारी व्यवसायी मलहोत्राको विजनेश पार्टनरका रुपमा क्रियाशिल छन् । छोटो समयमा अकुत धनराशी जोडेको आरोपमा उनीमाथि अख्तियारले छानविन गरिरहेको स्रोतले बतायो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार