माओवादी द्धन्द्धका घाइते र सहिद परिवारलाई नि: शुल्क बिमा सुरु
नेपालबहस संवाददाता
जेठ २४, २०७९ मंगलबार २०:२९:२५
२४ जेठ, पोखरा । गण्डकी प्रदेश सरकारले विभिन्न आन्दोलन द्धन्द्धका घाइते, अपांगता भएका र सहित परिवारका लागि नि: शुल्क स्वास्थ्य बिमा सुरु गरेको छ । माओवादी द्धन्द्ध, जनआन्दोलन तथा मधेश आन्दोलनका क्रममा घाइते, बेपत्ता तथा सहिद भएकाको परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा सुरु गरेको हो ।
योसँगै मिर्गौला रोगबाट पीडित र द्धन्द्ध पीडितका परिवारका लागि पनि यो कार्यक्रम लागु गरिएको छ । चालू आर्थिक वर्षमै खर्च हुने गरी नौ करोड विनियोजन गरिएको सरकारले जनाएको छ । प्रदेशका ११ वटै जिल्लामा निस्शुल्क बिमा कार्यक्रम सुरु गरेको मन्त्री मधुमाया अधिकारीले जानकारी दिइन् ।
यसअघि मन्त्रालयले स्वास्थ्य नीति बनाएर जनयुद्ध तथा सबै खालको राजनीतिक आन्दोलनका क्रममा घाइते भएकाहरूलाई निस्शुल्क उपचारको व्यवस्था गरिसकेको छ । ‘यसअघिका आन्दोलनमा भएका क्षेतिमा सकेसम्म मलम लगाउने प्रयास गरेका छौं,’ मन्त्री अधिकारीले भनिन्, ‘आगामी बजेटमा पनि छुट्टै व्यवस्थापन गर्दैछौं ।’ उनका अनुसार अब सीमान्तकृत र विकट भूगोलका नागरिकलाई स्वास्थ्यमा जोड्ने कार्यक्रम तय गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
इतिहासकै कमजोर आईजीपीको सुरः निरीह, एकलकाँटे, छाँया र सधैँ हस् हजुर....
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
बालबालिकामा श्रवणसम्बन्धी समस्या अनिवार्य परीक्षण गर्नुपर्ने निर्देशिका स्वीकृत
माघ १३, २०८१ आइतबार
के अमेरिका र चीनबीचको व्यापार तनावबाट भारतले ठूलो फाइदा लिन सक्छ ?
माघ १३, २०८१ आइतबार
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
माघ १३, २०८१ आइतबार
इतिहासकै कमजोर आईजीपीको सुरः निरीह, एकलकाँटे, छाँया र सधैँ हस् हजुर....
माघ १३, २०८१ आइतबार