असार १ देखि भदौ मसान्तसम्म सडक खन्न रोक
नेपालबहस संवाददाता
जेठ २५, २०७९ बुधबार १२:५३:३८
२५ जेठ काठमाडौं । सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाउने भएको छ ।
वर्षा याममा सडक खन्दा थप बिग्रिनेभन्दै सडक विभागले आसर १ देखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाउने निर्णय गरेको हो । सडक विभाग संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले एक सूचनामार्फत वर्षायाममा सडक खन्न स्वीकृति नदिइने जनाएको हो ।
वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जान्छ । त्यसैले यही २०७९ साल असार १ गतेदेखि २०७९ साल भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति दिइने छैन, सूचनामा भनिएको छ ।
कसैले जबर्जस्ती सडक खनेको पाइए सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण
पुष १०, २०८१ बुधबार
चलचित्र ‘देववाणी’ प्रदर्शनमा, बलिउड अभिनेता ह्यारीले दर्शकसँगै फिल्म हेर्ने
पुष १०, २०८१ बुधबार
पर्साको पोखरियामा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय
पुष १०, २०८१ बुधबार