विनोद शाहीको हत्या प्रकरणमा १३ जना विरुद्ध किटानी जाहेरी दर्ता
नेपालबहस संवाददाता
जेठ २६, २०७९ बिहिबार १५:२:११
२६ जेठ, अछाम । मृत भेटिएका पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानका १६ वर्षीय विनोद शाहीको हत्यामा संलग्न भएको आरोपमा १३ जना विरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।
दुई जना हत्याका योजनाकार र ११ जना हत्यामा संलग्न रहेको भन्दैे जिल्ला प्रहरी कार्यालय अछाममा किटानी जाहेरी दर्ता गरिएको मृतकका आफन्तले जानकारी दिएका छन् । किटानी जाहेरीमा भएका व्यक्तिको विवरण खुलाइएको छैन ।
किटानी जाहेरी दर्ता गर्न पीडित पक्ष र प्रहरी बीचमा लिखित सहमती भएपछि मृत फेला परेको पाँचौ दिनमा घटानास्थलबाट शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन ल्याइएको छ । किटानी जाहेरी लिएर हत्यामा संलग्न भएका व्यक्तिलाई कार्वाहीको सुनिश्चितता नभएसम्म शव नउठाउने भन्दै पीडित पक्षले अडान राखेको थियो । शवको पोष्टमार्टमको तयारी भइरहेको बताइएको छ ।
हत्याको आशंकामा सीआइबीको टोलीले मंगलबार बेलुकी पाँच जनालाई नियन्यन्त्रणमा लिएको छ । घटनाको अनुसन्धानमा रहेको सीआइबीको टोलीले पाँच जनालाई नियन्त्रमा लिएर सदरमुकाम मंगलसेनमा ल्याइएको बताइएको छ । तालिम प्राप्त कुकुरसहित सीआइबीको टोली घटनाको अनुसन्धान गरिरहेको छ भने एसएसपी जनकराज पाण्डे समेत घटना अनुसन्धानका लागि अछाम पुगेका छन् ।
जेठ १७ गते रातीबाट वेपत्ता भएका विनोद पाँच दिनपछि गएको जेठ २१ गते छिमेकी वडाको सल्लाघारीको खोचमा मृत अवस्थामा फेला परेका थिए । गाउँमा झडप भएको खबरमा प्रहरी कालिकास्थानमा पुगेपछि जेठ १७ गते रातीबाट विनोद वेपत्ता भएको आफन्तको भनाइ छ ।
जेठ ३० गतेको मतदानका क्रममा विवाद भएको विषयलाई लिएर गाउँमा पटक पटक विवाद हुँदै आएको स्थानीयको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव पक्राउ
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
फुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
महिला लघुवित्तले शेयरधनीका लागि लाभांश वितरण नगर्ने
पुष २६, २०८१ शुक्रबार
सिटिजन्स बैंकको २ लाख ६४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति ?
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार