कुमारी धनवृद्धि योजनाको इकाईमा आवेदन दिने आज अन्तिम
नेपालबहस संवाददाता
जेठ २६, २०७९ बिहिबार १७:५:३३
२६ जेठ, काठमाडौं । कुमारी धनवृद्धि योजनाको इकाईमा आवेदन दिन बिहीबार अन्तिम दिन रहेको छ । योजनामा छोटो अवधिका लागि १७ जेठसम्म आवेदन गर्ने म्याद रहेकोमा आवश्यक आवेदन नपरेपछि आवेदन गर्ने म्याद २६ जेठसम्म म्याद थपिएको थियो ।
लगानीकर्ताले बिहीबार कार्यालय समयभित्र मेरो शेयरको मोबाइल एप, वेबसाइट तथा नेपाल धितोपत्र बोर्डबाट सी आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार बुधबार साँझ साढे ५ बजेसम्ममा सर्वसाधारणबाट फण्डका ११ करोड ८२ लाख ६२ हजार ९४० एकाई खरीदका माग परेको हो । जुन कुल बिक्री खुला भएको १२ करोड एकाईको ९८।५५ प्रतिशत हो ।
सिडिएससीका अनुसार १ लाख ४० हजार ४७७ वटा आवेदनमार्फत एक अर्ब १८ करोड २६ लाख २९ हजार ४०० रुपैयाँ मूल्यको ११ करोड ८२ लाख ६२ हजार ९४० एकाई खरीदको माग भएको हो । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने कुमारी धनवृद्धि योजनाले १२–१७ जेठसम्म एक अर्ब २० करोड बराबरको १२ करोड एकाई निष्काशन तथा बिक्री खुला गरेको थियो ।
उक्त बन्दमुखी योजनाको आकार एक अर्ब २० करोड रुपैयाँ बराबर छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो ।
निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको एकाई संख्याको १५ प्रतिशत अर्थात् एक करोड ८० लाख इकाई कोष प्रवद्र्र्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त
असोज २१, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार