एमसीसी विरोधीका लागि अमेरिकी जनरलको नेपाल भ्रमण, बाघ कराउनु र बाख्रो हराउनु जस्तै
केदार भट्टराई (काका)
जेठ २६, २०७९ बिहिबार १९:३४:५३
२६ जेठ, काठमाडौं । अमेरिकी सेनाका प्यासिफिक कमान्डका एशिया प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन चारदिने औपचारिक भ्रमणका लागि बिहीबार नेपाल आएका छन् । । उनको भ्रमणलाई लिएर नेपाली राजनीतिमा विभिन्न टिक्का टिप्पणी समेत सुरु भएका छन् ।
उनको भ्रणमले खास गरी सरकारले संसदबाट पारित गरेको अमेरिकी अनुदान सम्झौता एमसीसीको विरोध जनाउँदै आएकाहरुले विशेष चासोका रुपमा हेरेका छन् । उनीहरुले एमसीसी अमेरिकाको इण्डो प्यासिफिक रणनीति अन्तर्गतको योजना भएकाले उसले नेपालमा सैन्य गतिविधिहरु बढाउने विषयमा जोड दिँदै आएका थिए ।
वरिष्ठ जनरल चाल्र्सको नेपाल भ्रमणले नेपालका राजनीतिक दल र सरकारमा समेत प्रभाव पार्ने देखिएको छ । सत्ता गठबन्धनमा रहेका दलहरुभित्रै एमसीसीको विरोध गर्दै आएका नेताहरुले संसदको जारी बैठकमा पनि एमसीसीको विषय उठाएर किन खारेज नगरेको भन्ने प्रश्नसमेत गरिरहेका छन् ।
सत्ता गठबन्धभित्र नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक देवप्रसाद गुरुङ एमसीसीका कट्टर विरोधी हुन भने उनीहरुले एमसीसीमा भएको १२ बुँद व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार नगरेकाले खारेज गर्नुपर्ने विषय पार्टीभित्र राखिरहेकै छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा पनि एमसीसीको विपक्षमा रहँदै आएका भीम रावलले अमेरिकी जर्नेलको भ्रमणमाथि प्रश्न उठाईरहेका छन् भने सत्तामा रहेको नेकपा एकीकृतका सम्मानीत नेता झलनाथ खनाल पनि एमसीसीका कट्टर विरोधी हुन् । उनीहरुले चाल्र्सको नेपाल भ्रमण एमसीसीकै एक रणनीतिक योजना अनुसार भएको बताइसकेका छन् ।
अर्कोतर्फ नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणको तयारीमा रहेका बेला अमेरिकाबाट जर्नेल चाल्र्स नेपाल भ्रमणमा आउनु एमसीसी विरोधीका लागि बाघ कराउनु र बाख्रो हराउनु जस्तै भएको छ । अर्थात उनीहरुले एमसीसीको विरोधका लागि राम्रो मसला पाएका छन् ।
प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणको पूर्वसन्ध्यामा अमेरिकी वरिष्ठ जर्नेल पाँच दिनका लागि नेपाल आएका हुन् । उनी अमेरिकी प्यासिफिक कमान्डका कमान्डिङ जनरल हुन् । अमेरिकी सेनाको विशेष विमानमा आउन लागेका चाल्र्स ३० जेठमा फर्किने कार्यक्रम छ । यो वर्ष नेपाल आउने उनी उच्च अमेरिकी सैनिक अधिकारी हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको पूर्वसन्ध्यामा उनी चार दिने भारत भ्रमण सकेर आज अपरान्ह नयाँदिल्लीबाट काठमाडौँ ओर्लने कार्यक्रम रहेको छ । नेपाली सेनाले उनको भ्रमण सद्भावना भ्रमण मात्र रहेको बताएको छ ।
सेनाले दिएको जानकारी अनुसार जनरल फ्लिनले शुक्रबार सैनिक मुख्यालय जंगी अड्डा भ्रमण गरी प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्नेछन् । बेलुकी प्रधानसेनापति शर्माले जनरल फ्लिनको सम्मानमा रात्रीभोज दिने कार्यक्रम पनि रहेको छ ।
आज उनी होटल हायातमा बस्ने छन भने भोली शुक्रबार सुरुमै चाल्र्सले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । उनको उच्चस्तरीय भेटका लागि नेपालस्थित अमेरिकी दूतावास र परराष्ट्र मन्त्रालयले समन्वय गरेका छन् । भेटघाट बाहेर नेपालका विभिन्न क्षेत्रको अवलोकन गर्ने कार्यक्रम पनि रहेको छ ।
नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठको अवसरमा उच्च तहमा भ्रमण आदानप्रदान हुने दुवै मुलुकका कूटनीतिक अधिकारीहरूले बताइरहेका छन्। प्रधानसेनापति शर्मा असारमा अमेरिका जाँदैछन् भने प्रधानमन्त्री देउवाले पनि असारमै अमेरिका भ्रमण गर्ने तयारी छ ।
यसअघि अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री उज्रा जिया जेठमा नेपाल आएकी थिइन् । त्यसअघि सिनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा सांसदको ५ सदस्यीय टोली, दक्षिण तथा मध्य एशिया मामिला हेर्ने उपसहायक विदेशमन्त्री केली केइडरलिङ, दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु आएका थिए । यी सबैको भ्रमणलाई एमसीसी विरोधी पक्षहरुले नियाली रहेका छन् ।
भूराजनीतिक जानकारहरुले जनरल चाल्र्सको भ्रमणलाई अमेरिकाले इन्डो–प्यासिफिक रणनीतिको दस्ताबेज ल्याए पनि त्यसको रक्षा रणनीति नल्याएउने बताएका छन् । यसबारे जनरल चाल्सैले भारत, नेपाललगायत एसिया–प्रशान्त क्षेत्रमा घुमेर बुझिरहेका छन् ।
कोभिडका कारण प्यासिफिक आर्मी कमान्डरहरूको कन्फरेन्स नभएको र यो भ्रमणले त्यसलाई अघि बढाउन जोड दिने उनीहरुको भनाई छ । यस्तै कूटनीतिक सम्बन्धको ७५ वर्षगाँठको उपलक्ष्यमा द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउन पनि अमेरिकाले चासो दिएको छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार