नरेठाँटी बजारमा बाढी पस्दा ३५ घर जोखिममा
नेपालबहस संवाददाता
जेठ २६, २०७९ बिहिबार २०:२५:४६
२६ जेठ, गलकोट । बागलुङको गलकोटमा बाढी आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको छ । गलकोट नगरपालिका–२ नकटेखोलाको बाढी नरेठाँटी बजारमा पस्दा ३५ घर उच्च जोखिममा परेको वडाध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिए ।
आज साँझदेखि रातभर परेको भीषण वर्षाका कारण जसपुरबाट झरेको पहिरो नकटेखोलमा आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको उनको भनाइ थियो । बाढीको त्रासले स्थानीयवासी रातभर जागराम बसेका थिए । नकटेखोलाको कटानले तटीय क्षेत्रका घरसमेत जोखिममा परेको थियो ।
“नरेठाँटी बजार नै बाढीको जोखिममा छ, हिजो साँझदेखि परेको भारी वर्षाले नकटेखोलामा बाढी आयो, यसले यहाँका थुप्रै घर जोखिममा परेका छन्, जसमध्ये उच्च जोखिममा रहेको दुई घरपरिवारलाई सुरक्षित स्थानमा सारेका छौँ, अन्य ४३ घर जोखिममा छ” वडाध्यक्ष भण्डारीले भने “अन्य जोखिममा रहेका घरपारिवारलाई पनि सार्नुपर्ने देखिन्छ ।”
बाढीले महेन्द्र माविको खेल मैदान पुरिएको र विद्यालय समेत जोखिममा परेको छ । रातभर स्थानीयवासीको प्रयास र उपकरण प्रयोग गरी बाढी तर्काउने प्रयास गरिएको थियो अन्यथा बजारनै डुवानमा पर्ने खतरा रहेको वडाध्यक्ष भण्डारीले बताए । नरेठाँटी बजारमाथि जसपुरमा पहिरो गएपछि आएको बाडी बजारमा पसेका कारण केही घरमा क्षति पुर्याएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
इतिहासकै कमजोर आईजीपीको सुरः निरीह, एकलकाँटे, छाँया र सधैँ हस् हजुर....
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
बालबालिकामा श्रवणसम्बन्धी समस्या अनिवार्य परीक्षण गर्नुपर्ने निर्देशिका स्वीकृत
माघ १३, २०८१ आइतबार
के अमेरिका र चीनबीचको व्यापार तनावबाट भारतले ठूलो फाइदा लिन सक्छ ?
माघ १३, २०८१ आइतबार
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
माघ १३, २०८१ आइतबार
इतिहासकै कमजोर आईजीपीको सुरः निरीह, एकलकाँटे, छाँया र सधैँ हस् हजुर....
माघ १३, २०८१ आइतबार
सुप्रिम सहकारी ठगीमा रविलाई १ करोड धरौटीमा छाड्न आदेश
माघ १३, २०८१ आइतबार