नेपाल प्रहरीका १७ मा २७ नक्षेत्र, बढुवाका लागि बालुवाटार रिझाउनै गाह्रो
केदार भट्टराई (काका)
जेठ २६, २०७९ बिहिबार २२:७:३८
२६ जेठ, काठमाडौं । केही वर्ष यता भनसुन र पैसा बिना काम नबन्ने प्रबृति बढेको छ । धेरै जसो सरकारी कार्यलयका सामान्य काम पनि दाम र भनसुन भएन भने बन्दैन भन्ने कुरा आम बुझाईमा परिसकेको छ ।
यस्तै भनसुन बिना काम बनाउन नसकिने आम बुझाइमा परेको संगठन हो, नेपाल प्रहरी । तर, यही नेपाल प्रहरीका वरिष्ठ अधिकारीहरु अहिले आफ्नै भनसुन गरिदिने उपयुक्त सहजकर्ता नपाएर हैरान भएका छन् ।
नेपाल प्रहरीमा अहिले बढुवाको क्रम जारी छ । भविश्यमा प्रहरी संगठनको नेतृत्व लिने प्रतिस्पर्धामा जानका लागि प्रहरीका प्रहरी वरिष्ठ अधिकृतहरु बढुवामा प्रयासरत छन् । उनीहरुको बढुवामा सबैभन्दा ठूलो तगारो बनेको छ, प्रधामन्त्रीको सरकारी निवास बालुवाटार ।
बालुवाटार नरिझाई बढुवामा पर्ने सम्भावन निकै कम छ र बालुवाटार रिझाउन सहज पनि छैन् । प्रहरीका हरेक सरुवा बढुवामा प्रधानमन्त्री निवास बालुवाटारको प्रत्यक्ष चासो र दवाव रहन्छ । यहाँ वरीयता, कार्यकुशलता, व्यावसायिक क्षमताभन्दा बढी भनसुन र भलाकुसारीबाट मात्रै बढुवामा पर्न सकिन्छ भन्ने अनुमान सबैको छ ।
सूची तयार पार्दा बालुवाटार र सत्ता निकटकै बोलबाला चल्ने भएकाले यसअघि भएका बढुवाका निर्णयहरुमा प्रहरी अधिकारी मात्र हैन संगठनकै असन्तुष्टि पनि छ ।
३० वर्षे सेवा अवधिका कारण आईजीपी, एआईजीपी, डीआईजीपी र एसएसपीहरु अनिवार्य अवकाशमा गएपछि हाल १७ डीआईजीपी पदहरु अहिले रिक्त छन् । जसका लागि २७ जना एसएसपीको प्रतिस्पर्धा छ । यहाँ पनि जसले बालुवाटार रिझाउन सक्छ उ मात्रै १७ जना डीआईजीको बढुवामा सिफारिश हुनसक्ने कुरा छर्लङगै छ ।
बालुवाटारले हस्तक्षेप नगरेमा वरिष्ठको आधारमा २०७५ फागुन ६ गते एसएसपीमा बढुवा भएकाहरु बढुवामा सिफारिस हुने आसमा छन् । सिनियर एसएसपीहरुमा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, दीपक थापा, टेकबहादुर तामाङ, बसन्त कुँवर र भीमप्रसाद ढकाल, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, मीरा चौधरी, बुद्धिराज गुरूङ, किरण बज्राचार्य, पोषराज पोखरेल अगाडि छन् ।
२०७७ बैशाख १७ गते एसएसपीमा बढुवा भएका केदार ढकाल, अशोक सिंह, जनक भट्टराई, विष्णु केसी, कुबेर कडायत, भरत बोहोरा, सुदिप गिरी, दुर्गा सिंह, रविन्द्र केसी, किरण राणा, राजेशनाथ बाँस्तोला, लालमणि आचार्य, यज्ञविनोद पोखरेल र चन्द्र खापुङ पनि डीआईजी पदमा बढुवाको दावेदार हुन् । उनीहरु २०५१ साल चैतमा मात्र निरीक्षकमा भर्ना भएका हुन् ।
अहिलेका नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक मध्ये डीआईजीमा बढुवा हुनेहरु नै २०७९ साल चैतको १० गते नेपाल प्रहरीको ३० औं प्रहरी महानिरीक्षक बन्न सक्नेछन् । बढुवाका लागि शक्तिकेन्द्र धाउने र बालुवाटारको व्यवस्था मिलाउने सहजकर्ता खाज्नु अहिले उनीहरुको मुख्य कार्यनै बनिरहेको छ ।
अहिले बढुवाका लागि सहजकर्तालाई पनि सहज छैन । सरकारमा गठबन्धन छ । गठबन्धनका आफै रोजाई र दवाव छन् । प्रधामन्त्री र गृहमन्त्रीको वरिपरिले मात्रै काम गर्ने देखिदैन । प्रहरीको सरुवा बढुवामा गृहमन्त्री र प्रधानमन्त्रीको भन्दा प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको बढी रुचि रहेको जानकारहरु बताउँछन् ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार