गोदावरीधाममा कैवल्यनाथ मन्दिरमा प्राण प्रतिष्ठा
नेपालबहस संवाददाता
जेठ २६, २०७९ बिहिबार २२:५७:५१
२६ जेठ, गोदावरी । कैलालीको गोदावरीधाममा नवनिर्मित कैवल्यनाथ मन्दिर (मोक्षद्वार) को आज शुभारम्भ गरिएको छ । मन्दिरमा स्थापना गरिएको पञ्चमुखी शिवलिंगको एक विशेष समारोहकाबीच १००८ स्वामी लोकानन्द माहाराजजीले प्राण प्रतिष्ठा गरे ।
सो मन्दिरको पुरानो कलात्मक शैलीमा निर्माण गरिएको छ । संघीय सरकारको सहरी विकास कार्यक्रमको सहयोगमा उपभोक्तामार्फत मन्दिर निर्माण गरिएको हो । झण्डै रु डेढ करोड बढीको लगानीमा मन्दिर निर्माण गरिएको गोदावरीधाम विकास समितिले जनाएको छ ।
मन्दिर परिसरमा १००८ शिवलिंगहरू स्थानीयवासीले आफ्ना दिवंगत पित्रृहरूको नाममा स्थापना गरेका छन् । मन्दिरमा पुगेर आज सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले पूजाआजा गर्नुभएको छ । पशुपतिनाथ मन्दिरको झल्को दिने गरी मन्दिरको निर्माण गरिएको गोदावरीधाम विकास समितिका अध्यक्ष पदमराज जोशीले बताए ।
मन्दिर निर्माण भएसँगै गोदावरीधाम क्षेत्रमा धार्मिक पर्यटन बढ्ने विश्वास उनले व्यक्त गरे । गोदावरीधाम विकास समितिले गोदावरीमा कुम्भमेला अर्धकुम्भ मेला आयोजना गर्दै आएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँ महोत्सव सुरु, कृषि क्षेत्रको विकासमा उपप्रधानमन्त्री सिंहको जोड
पुष २५, २०८१ बिहिबार
उखु खेतीको इतिहास र पहिचानलाई जीवन्तता दिन खुदो मेला
पुष १५, २०८१ सोमबार
पर्यटकीय राजधानीमा सडक महोत्सवको रौनक
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार