जिल्ला अस्पताल स्याङ्जामा रक्तसंचार केन्द्र
नेपालबहस संवाददाता
जेठ २६, २०७९ बिहिबार २३:४:३०
♦ प्रकाश डोटेल
२६ जेठ, स्याङ्जा । स्याङ्जा सदरमुकामस्थित पुतलीबजार नगरपालिका ३ कुमाल गाउँको स्याङजा जिल्ला अस्पतालमा रक्तसंचार केन्द्र स्थापना गरिएको छ । सरकारी र गैरसरकारी संस्थाको लामो समयको संयुक्त प्रयासपछि अस्पतालमा रक्तसंचार केन्द्र स्थापना गरिएको हो ।
पुतलीबजार नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा स्याङ्जाको पहलमा रक्तदान कार्यक्रम गरी केन्द्र स्थापना गरिएको छ । नगरपालिकाको पहिलो बैठकले अस्पतालमा मृगौला डायलाइसिस सेवालाई विस्तार र रक्तसंचार केन्द्र स्थापना गर्ने निर्णय अनुसार केन्द्रको स्थापना गरिएको छ ।
नगरपालिकाले डायलाइसिस र रक्त संचार केन्द्र स्थापनाका लागि १० लाख रुपयाँ उपलब्ध गराउने निर्णया गरेसँगै केन्द्रको स्थापना र डायलसिस सेवा विस्तार गरिएको छ । १ सय २० पिन्ट रगत भण्डारण क्षमताको केन्द्रको पूर्ण रुपमा संचालनमा ल्याउन झण्डै २६ लाख लाग्ने नेपाल रेडक्रस सोसाइटीका सभापति दिनेश अर्यालले जानकारी दिए ।
रगत अभावमा अकालमा नागरिकको ज्यान जानबाट रोक्न केन्द्र बनाउन आवश्यक थियो र रक्तदाता, सरोकारवाला र स्थानीय तहबाट सहयोग भएपछि केन्द्र बनाउन सफल भएको सभापति अर्यालले सुनाए । स्थानीय तहको सहयोगले सेवा शुरुवात गरेको छौं, प्रदेश सरकारको सहयोगले पूर्ण क्षमताको केन्द्र संचालनमा आउने अर्यालले बताए ।
जिल्ला अस्पतालमा केन्द्र स्थापनासँगै रगतको अभाबमा उपचारको लागि काठमाडौंसहित ठूला र महंगा शहरमा जानुपर्ने बाध्यताको अन्त्य भएको अस्पतालको प्रमुख डा. रमेश आचार्यले बताए । उनका अनुसार शल्यक्रिया मार्फत सुत्केरी गराउने र जटिल रोगका विरामीलाई रक्तसंचार केन्द्रले ठूलो राहत मिल्नेछ ।
अस्पतालमा उपचारार्थ भर्ना भएका विरामीले रगतको अभावका कारण भोग्नु परेको समस्यालाई मध्यनजर गरी रक्तसंचार केन्द्र स्थापनामा पहल गरेको पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले बताए । सेवा शुरुवात भएको छ, केन्द्रका प्रभावकारीता र व्यवस्थित बनाउन सबै निकायको सहयोग अनिवार्य भएको रेग्मीले बताए ।
रक्तसंचार केन्द्र स्थापनाका क्रममा गरिएको रक्तदानामा दिनेश अर्याल र महादेव श्रेष्ठले १९ औं पटक सहित जम्मा १७ जनाले रक्तदान गरेका थिए । रक्त संचार केन्द्रमा भण्डारण गरिएको रगत विरामीले निःशुल्क प्राप्त गर्ने छन् । रगत अभाव हुन नदिन रेडक्रस स्याङ्जा शाखाले रक्तदान कार्यक्रमलाई जिल्लाभर नियमित गर्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
इतिहासकै कमजोर आईजीपीको सुरः निरीह, एकलकाँटे, छाँया र सधैँ हस् हजुर....
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
बालबालिकामा श्रवणसम्बन्धी समस्या अनिवार्य परीक्षण गर्नुपर्ने निर्देशिका स्वीकृत
माघ १३, २०८१ आइतबार
के अमेरिका र चीनबीचको व्यापार तनावबाट भारतले ठूलो फाइदा लिन सक्छ ?
माघ १३, २०८१ आइतबार
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
माघ १३, २०८१ आइतबार
इतिहासकै कमजोर आईजीपीको सुरः निरीह, एकलकाँटे, छाँया र सधैँ हस् हजुर....
माघ १३, २०८१ आइतबार
सुप्रिम सहकारी ठगीमा रविलाई १ करोड धरौटीमा छाड्न आदेश
माघ १३, २०८१ आइतबार