पोखरामा असार पहिलो साता हेम्जा गोल्डकप हुने, पुरस्कार राशी ६ लाख
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ २६, २०७९ शुक्रबार २:२४:५०
![](https://nepalbahas.prixacdn.net/media/albums/Hemja-goldcup-1200x560-1_etfes6MGYg.jpg)
२६ जेठ, पोखरा । पोखरामा छैठौं शुभकामना गोल्डकप तथा हेमजा गोल्डकप असार पहिलो साता हुने भएको छ । हेमजाको गौरीशंकर मैदानमा असार ४ गतेदेखि गोल्डकप गर्ने आयोजक हेमजा युनाइटेडले जानकारी दिएको छ । प्रतियोगितामा १ विदेशी सहित ८ टिमको सहभागिता हुनेछ ।
विभागीय क्लब एपीएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकन टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, वीरगन्ज युनाइटेड र आयोजक हेम्जा युनाइटेडबीच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष इन्द्र कुँवरले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ ।
सर्वोत्कृष्ट खेलाडीले ५० हजार, सर्वाधिक गोलकर्ताले २५ हजार, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले २०र२० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला व्यापी कराँते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
पुष २३, २०८१ मंगलबार
आगामी माघ दोस्रो सातादेखि ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता हुने
पुष २२, २०८१ सोमबार
वर्ष २०२४ मा खेलकूदः माइक टाइसन बक्सिङदेखि अर्जेन्टिनाको उपाधिसम्म
पुष २१, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार