जाजरकोटमा बोलेरो जीप दुर्घटना : ३ जनाको मृत्यु, ८ घाइते !
नेपालबहस संवाददाता
जेठ २७, २०७९ शुक्रबार १७:१८:५७
२७ जेठ, जाजरकोट । जाजरकोटमा बोलेरो जीप दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको छ । जिल्लाको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुका साथै ८ जना घाइते भएका छन् ।
जुनीचाँदे गाउँपालिका–५ बलेबलबाट लुहादह जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४९ नम्वरको बोलेरो जीप आज बिहान साढे ७ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा जुनीचाँदे–६ का २१ वर्षीय दर्शन शाही, वडा नं. ५ का ४० वर्षीया पुतला गिरी र कालिका शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा जुनीचाँदे–६ का २० वर्षीय लालबहादुर बुढा, दैलेख गुराँस गाउँपालिका–७ का २५ वर्षीय टोपबहादुर थापा, जुनीचाँदे गाउँपालिका–६ का १३ वर्षीया विपना शाही, सोही ठाउँका ३९ वर्षीय विष्णुबहादुर शाही, १३ वर्षकी समिक्षा शाही, ३४ वर्षीया कालिका शाही, ३० वर्षका नरबहादुर शाही, १४ वर्षीया सविता शाही, ८ वर्षीया नमुना सिंह घाइते भएका छन् ।
गृहमन्त्री बालकृष्ण खाणले दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टरबाट उद्धार गरी तत्काल उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।
घाइतेको हेलिकोप्टरमार्फत तत्काल उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएपछि नेपाली सेनाको सुर्खेतस्थित कार्यालयबाट हेलिकोप्टर उद्धारका लागि जाजरकोट पठाइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपको साथ
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
यी बानी अवश्य अपनाउनुहोस् कपाल झर्न रोक्छ
मंसिर १४, २०८१ शुक्रबार
ऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
रोजगारीका लागि भारततर्फ जाँदै नेपाली
मंसिर १४, २०८१ शुक्रबार