मुगुमा औषधि पुग्दैन, झारफुकको भरमा बिरामी
नेपालबहस संवाददाता
जेठ २७, २०७९ शुक्रबार १८:२:५४
♦ खड्क सुनार
२७ जेठ, मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका-२ को मुगु स्वास्थ्य चौकीमा औषधि समयमै नपुग्दा त्यहाका स्थानीयलाई सास्ती हुने गरेको छ । स्वास्थ्य संस्थामा औषधि नहुँदा कार्यरत स्वास्थ्यकर्मी नियमित स्वास्थ्य संस्थामा नबस्दा त्यहाँका स्थानीय परम्परागत धार्मिक आस्था झारफुवको भरमा बिरामीलाई उपचार गर्न बाध्य हुने गरेका छन् ।
मुगु स्वास्थ्य चौकीमा स्थानीय सरकारबाट सिनियर अहेब र अनमी गरी दुई जनाको दरबन्दी भए पनि स्वास्थ्कर्मी नियमित स्वास्थ्य सस्थामा नबस्दा गाउँमा कोही बिरामी पर्दा सिटामोलसमेत पाउँदैनन् भने बिरामी झारपुक र झाँक्रीको भरमा बस्ने गरेका हुन् ।
४०० घर परिवार रहेको मुगु गाउँमा लामा, तामाङ र दलित समुदायका मानिसहरु बस्दै आएका छन् । स्वास्थ्य चौकीमा नियमित रुपमा स्वास्थ्यकर्मी नबस्दा स्वास्थ्य संस्थामा रहेका लाखौँ मूल्यका भवनहरुमा माकुराको जालो लाग्न थालेको छ ।
यहाँका स्थानीयलाई बिरामी पर्दा सदरमुकाम गमगढीमा रहेको जिल्ला अस्पताल मुगु र जुम्ला, जानुपरेको छ । स्वास्थ्य सेवा प्रवाह गर्ने गरी व्यवस्था मिलाउने प्रयासमा रहेको मुगम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवाश चन्द्र रावलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
प्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान
मंसिर १४, २०८१ शुक्रबार
भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा धम्की दिएको आरोपमा झापाका हरिप्रसाद फुँयाल पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपको साथ
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
यी बानी अवश्य अपनाउनुहोस् कपाल झर्न रोक्छ
मंसिर १४, २०८१ शुक्रबार