गर्भावस्था र सुत्केरीपश्चात दिइने सेवा प्रभावकारी बनाइँदै
नेपालबहस संवाददाता
जेठ २७, २०७९ शुक्रबार १९:५९:२४
२७ जेठ, टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले गर्भावस्था र सुत्केरीपश्चात दिइने सेवालाई प्रभावकारी बनाउन विभिन्न स्वास्थ्य कार्यक्रम सुरुआत गरेको छ । नगरपालिकाले अनिवार्य गर्भजाँच र सुत्केरीपश्चातको स्वास्थ्य परीक्षणलाई थप प्रभावकारी बनाउन घरभेट कार्यक्रम, गर्भवतीको गर्भको विवरण मात्र नभई पारिवारिक, आर्थिक र सामाजिक विवरणसमेत लिने गरी स्वास्थ्यकर्मीलाई तालिम दिएको छ ।
नगरपालिकाले सरकारले लिएको दिगो विकास लक्ष्य प्राप्तिलाई सफल पार्नुका साथै मातृशिशु मृत्युदर शून्यमा झार्न यी सेवा प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई थप जिम्मेवारी र सचेत गराएको छ । गर्भजाँच तथा सुत्केरीपछिको जाँचलाई प्रभावकारी बनाउन स्वास्थ्य संस्थाले काम गर्न थालेका छन् । स्वास्थ्य संस्थाको तथ्यांक हेर्दा गर्भजाँचमा धेरै गर्भवती आउने तर सुत्केरीपछिको परीक्षणमा निकै कम आउँछन् । स्वास्थ्यकर्मीले गर्भवतीको अवस्थाबारे मात्र जानकारी नलिई अब उनीहरूको पारिवारिक, आर्थिक र सामाजिक अवस्थाबारे जानकार हुनुपर्ने स्टाफ नर्स पूजा तिखातरी बताउछिन् । “हामीकहाँ अहिले सुत्केरीपश्चात परीक्षणमा आउने महिला निकै कम छन्, अब हामीले उनीहरूको घरमै गएर स्वास्थ्य परीक्षण गर्नुपर्नेछ”, उनले भनिन् “गर्भवतीको मानसिक अवस्था, पोषणको अवस्थाबारे समेत स्वास्थ्यकर्मी जानकार हुनुपर्छ । यसले सुत्केरी हुँदा र त्यसपछि दिइने सेवामा समेत सहज हुन्छ ।”
धनसिंहपुर स्वास्थ्यचौकीमा कार्यरत अनमी पुनम साउद अहिले आमा सुरक्षाका लागि नयाँ गाइडलाइन आएकाले अब सेवा दिँदा थप प्रभावकारी बनाउनुपर्ने बताउछन् । “पहिला हामी गर्भजाँच चार पटकमात्र गथ्र्यौँ, अब आठपटक गर्नुपर्नेछ । यसका साथै अन्य सेवासमेत वृद्धि भएको छ”, उनले भने, “आमा र बच्चाको स्वास्थ्यका लागि स्वास्थ्यकर्मीको व्यवहारसमेत सुधार हुनुपर्ने आवश्यकता छ । अब सेवा लिन आउने महिलालाई स्वास्थ्यकर्मीले बोलीचालीलगायतका व्यवहारमा सुधार गर्नुपर्ने, उनीहरूको अधिकारबारे सचेत हुनुपर्नेछ ।”
झंगा सहरी स्वास्थ्य केन्द्रका सिनियर अहेव महेशकुमार श्रीवास्तव सेवाग्राहीको अधिकारबारे स्वास्थ्यकर्मीलाई जानकारी भएकाले अब सेवा लिन आउनेको अधिकार र सहज सूचना बढाउने बताउछन् । “सेवाग्राहीका अधिकारबारे हामी त्यति संयमित थिएनौँ, अब हामी उनीहरूलाई कानुनले दिएको अधिकार, गोपनियताबारे सचेत भएर सेवा दिनेछौँ”, उनले भने, “सेवा लिन आउने महिलालाई प्रभावकारी सेवा दिनु स्वास्थ्य संस्थाको दायित्वमा पर्छ ।”
टीकापुर नगरपालिकाका सिनियर अनमी हेवा ज्ञवाली गर्भावस्था, सुत्केरीपछि पाउने सेवा ग्रामीण बस्तीसम्म पुर्याउनका लागि नगरपालिकाले पहिलो चरणमा सबै स्वास्थ्यकर्मीलाई तालिम दिएको बताए । “अब हामी कोही पनि गर्भवती तथा सुत्केरी सेवा पाउनबाट नछुटुन् भनी सचेत छौँ”, उनले भने, “हामीले अस्पतालमा नियमित सेवा लिन र परीक्षणमा आउन जनचेतनाका लागि निःशुल्क एम्बुलेन्स, निःशुल्क रगत, उपमेयर कोशेली वितरणजस्ता सेवा दिइरहेका छौँ ।”
कैलालीको टीकापुरका हरेक वडामा स्वास्थ्य संस्था स्थापना भइसकेका छन् । सबै स्वास्थ्य संस्थामा गर्भजाँच सेवा दिने गरिएको छ भने सुत्केरी सेवा भने तीन स्थान टीकापुर अस्पताल, धनसिंहपुर र नारायणपुर स्वास्थ्य चौकीबाट दिइन्छ । टीकापुरमा बर्सेनि करिब दुई हजारले सुत्केरी सेवा लिन्छन् । गत वर्ष एक हजार ९६० जनाले सुत्केरी सेवा लिएका जनस्वास्थ्य प्रबर्धन उपशाखा संयोजक बलबहादुर रावलले जानकारी दिए। “यसका साथै यी संस्थामा अन्य पालिका जानकी, जोशीपुर गाउँपालिका, भजनी, लम्कीचुहा नगरपालिका र बर्दिया जिल्लाको राजापुर नगरपालिकाका नागरिक पनि आउने गरेका छन्”, रावलले भने, ‘‘हरेक वर्ष करिब १५० महिला अन्य पालिकाका सुत्केरी सेवा लिन आउँछन् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाटोका भाँडा बनाउने व्यवसायी समस्यामा
पुष २५, २०८१ बिहिबार
हाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी ,चालक गम्भीर
पुष २५, २०८१ बिहिबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
फुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
महिला लघुवित्तले शेयरधनीका लागि लाभांश वितरण नगर्ने
पुष २६, २०८१ शुक्रबार
सिटिजन्स बैंकको २ लाख ६४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति ?
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार