आचार्यले बोर्ड सदस्यमा दोहोरिन निवेदन दिएपछि मालदार दूरसञ्चार प्राधिकरण तानियो विवादमा
केदार भट्टराई (काका)
जेठ २७, २०७९ शुक्रबार २०:५४:९
२७ जेठ, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक सदस्य सिफारिसमै विवादमा तानिएको छ । पहिले प्राधिकरणमा सदस्य भइसकेका व्यक्तिले पुनः दोहोरिन निवेदन दिएका कारण प्राधिकरण विवादमा आएको हो ।
प्राधिकरणबाट हालै निवृत्त भएका टीएन आचार्यले दोस्रो कार्यकालका लागि खुला प्रतिस्पर्धामा आवेदन दिएका छन् । जबकी दूरसञ्चार ऐन २०५३ को दफा ८ को उपदफा २ बमोजिम सञ्चालक सदस्य पुनर्नियुक्तिका लागि सिफारिस समितिले सिफारिस गर्ने व्यवस्था छ ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरण आर्थिक लाभका हिसाबले पनि उपयुक्त मानिन्छ । यसले पनि यो नियामक निकायमा जान धेरैले चाहना राख्ने गरेका छन् । प्राधाकरणको कार्यकारी पदमा जानका विगत देखिनै विभिन्न चलखेल र रकम लेनदेन समेत हुँदै आएका थिए ।
प्राधिकरण बोर्डले नेपाल टेलिकमदेखि निजी क्षेत्रका दू्सञ्चार सेवा प्रदायक संस्थाहरुको समेत निगरानी गर्ने गर्दछ । सञ्चार क्षेत्रको नीति नियम, स्वीकृत र निर्देशदेखि लाइसेन्ससम्म दिनसक्ने अधिकार प्रधिकरणसँग रहेकाले पनि यसको सदस्यमा जान धरैले आकांक्षा राखेका हुन्छन ।
दूरसञ्चार ऐन, २०५३ को दफा ५ मा प्राधिकरण गठनको व्यवस्था गरेको छ । जस अनुसार नेपाल दूरसञ्चार प्राधिकरणमा दूरसञ्चार सेवासँग सम्बन्धित प्राविधिक र प्रशासनिक, बजार व्यवस्थापन, लेखा परीक्षण वा कानूनी क्षेत्रमा कम्तिमा स्नातक तहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा अध्यक्षको हकमा कम्तीमा दश वर्ष र सदस्यको हकमा सात वर्षको अनुभब प्राप्त गरेको व्यक्तिहरु मध्येबाट एकजना पूर्णकालीन अध्यक्ष सहित ५ जना सदस्य रहने व्यवस्था छ ।
जेठ ५ गते सञ्चार तथा सूचना प्रविधिले एक सूचना प्रकाशित गर्दै जेठ १८ गतेबाट रिक्त हुने प्राधिकरण बोर्डको दुई सदस्य पदमा दरखास्त माग गरेको थियो । तोकिएको मिति २५ जेठसम्ममा २० जनाले आवेदन दिएका छन् । आवेदन दिनेहरूमा इन्जिनियरिङतर्फ वीरेन्द्रकुमार मिश्र, डा. राजीव सुब्बा, रवीन्द्र झा, सागरनाथ उपाध्याय, रमेशप्रसाद जोशी, उज्ज्वल भक्त प्रधानांग, सुरेन्द्र श्रेष्ठ, सन्तोष भट्टराई, पवन पाठक, हुकुमबहादुर बुढा, अरुण मल्ल, डा. भोजराज घिमिरे, लक्ष्मीप्रसाद यादवले आवेदन दिएका छन् ।
लेखातर्फ आवेदन दिनेमा गोविन्दप्रसाद गैरे, लक्ष्मीप्रसाद पण्डित, कुनाल कायाल, सुनिल जाकिबन्जा र गोकर्ण सिटौला र टिएन आचार्य छन् । आवेदकमध्ये आचार्य हालै प्राधिकरणको सदस्यबाट अवधि सकिएर बाहिरिएका व्यक्ति हुन् । कमजोर कार्यक्षमताकै कारण उनलाई सञ्चालक सदस्यमा नदोहोर्याउने सञ्चार मन्त्रालयले स्पष्ट सन्देश दिए पनि उनले खुला प्रतिस्पर्धामा आवेदन दिएका छन् । जुन प्रथम दृष्टिमै गलत भएको बताइन्छ । त्यसैले उनको आवेदन विवादमा परेको छ ।
पहिले बोर्ड सदस्य भएको व्यक्तिलाई मन्त्रालयले पुनर्नियुक्ति गर्न चाहे उसले आवेदन नै दिन पर्दैनथ्यो । तर, चार्टर्ड एकाउन्टेन्टसमेत रहेका आचार्यले किन खुला प्रतिस्पर्धामा फेरि आवेदन दिए भन्ने चासो देखिएको छ । आचार्य नेपाल विद्युत प्राधिकरण र नेपाल वायुसेवा निगमको सञ्चालक सदस्यसमेत भइसकेका छन् । दूरसञ्चारमा उनले पाँच वर्षे कार्यकाल बिताएका हुन् । २०७४ जेठमा जाँदाजाँदै तत्कालीन सञ्चारमन्त्री राम कार्कीले आचार्यलाई प्राधिकरणको सञ्चालक सदस्य नियुक्त गरेका थिए ।
यसअघि गत १४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा प्राधिकरणको बोर्ड सदस्य नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो । सोही समितिले प्राधिकरणमा प्राविधिक र लेखा तथा लेखापरीक्षण गरी दुई सदस्य नियुक्तिका लागि दरखास्त माग गरेको हो ।
अब सोही समितिले आवेदन दिनेमध्येमा व्यावसायिक योजना र अन्तरवार्ताका आधारमा दुवै पदका लागि तीन-तीनजना सिफारिस गरेर सरकारलाई बुझाउनेछ । त्यसमध्येबाट सरकारले दुवै पदका लागि एक/एक जना छनोट सदस्यमा नियुक्तिका लागि सिफारिस गर्नेछ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
राप्ती नदीमा निर्माणाधीन पुल
पुष ४, २०८१ बिहिबार
अस्पष्ट तस्वीरमा रास्वपाको प्रोपोगान्डा, के हो वास्तविकता ?
पुष ४, २०८१ बिहिबार
नृत्य प्रस्तुत गर्दै चिनियाँ कलाकार
पुष ४, २०८१ बिहिबार
मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
पुष ४, २०८१ बिहिबार
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
पुष ४, २०८१ बिहिबार
बिहीबार तोलामा १७ सयले घटेर १ लाख ४९ हजारमा कारोबार भइरहेको छ सुन
पुष ४, २०८१ बिहिबार