अस्ट्रेलियाका नेपालीको कथामा ‘डलर एयुडी’ बन्दै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
जेठ २७, २०७९ शुक्रबार २१:५३:५
![](https://nepalbahas.prixacdn.net/media/albums/Dollar-AUD-e1654856557905_RxWGnxiTcZ.jpeg)
२७ जेठ, काठमाडौं । नेपाली फिल्म ‘डलर एयुडी’ निर्माण हुने भएको छ । बिहीबार साँझ राजधानीमा आयोजित एक कार्यक्रमबीच फिल्म निर्माण घोषणा गरिएको हो । एएसएपी इन्टरटेन्मेन्टले यो फिल्म बनाउन लागेको हो ।
सन्तोष अधिकारी फिल्मस् र अमारियाको प्रोडक्सनको सयुक्त निर्माणमा बन्ने फिल्ममा अर्पण थापा, मेनुका प्रधान, सन्तोष अधिकारीलगायतको अभिनय रहने छ ।
देवकुमार श्रेष्ठको निर्देशन रहने फिल्मले नेपालबाट अस्ट्रेलिया जाने नेपालीको कथालाई बोल्नेछ । सन्तोष अधिकारी निर्माता रहेको फिल्ममा धर्मराज अधिकारी, गंगाराम वाग्ले, अरुण श्रेष्ठ, अञ्जना अधिकारी, तृष्णा गुरुङलगायत सह–निर्माता छन् ।
अस्ट्रेलियामा छायांकन हुने फिल्मको कथा सन्तोष अधिकारीले लेखेका हुन् । कथामा चे शंकरको पटकथा छ । फिल्ममा अस्ट्रेलियन छायाकार रायको छायांकन, मनोरन्जन श्रेष्ठको सम्पादन, अजयकुमार अधिकारीको गीत, सुरेश राई र सन्तोष मिश्रको संगीत छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा नेपालका ३० चलचित्र
फागुन ५, २०८१ सोमबार
चलचित्र ‘एक्लो’ को क्यारेक्टर पोस्टर
फागुन ४, २०८१ आइतबार
आजदेखि ‘दुःखी आत्मा’ र ‘रंगी’ हलमा
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार