नेप्सेमा दोहाेरो अंकले गिरावट, साताको अन्तिम दिन एक अर्बको पनि कारोबार भएन
नेपालबहस संवाददाता
जेठ २७, २०७९ शुक्रबार २३:३९:५९
२७ जेठ, काठमाडौं । केही दिन यता शेयरबजार निरन्तर ओरालो लाग्दै आएको छ । साताको अन्तिम दिन शुक्रबार शेयरबजार परिसूचक नेप्से १४.६४ अंकले गिरावट भएको छ । साताको सुरुवाती दुइदिन लगातार घटेको नेप्से तेस्रो दिन ६० अंकले बढेको थियो ।
साताको चौँथो कारोबार दिन बिहीबार र अन्तिम कारोबार दिन आज पनि नेप्सेमा गिरावट भएको छ । आज बजार परिसूचक नेप्से १४.६४ अंकले गिरावट भएर २०४८.१६ अंकको बिन्दुमा बन्द भएको छ ।
नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स र सबै क्षेत्रगत उपसूचक पनि घटेका छन् । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स ४.३१ अंकले घटेर ३९२.०६ अंकमा बन्द भएको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बुधबार डेढ अर्बमाथि र बिहीबार करिब डेढ अर्बको कारोबार भएको बजारमा आज कारोबार रकम ९० अर्ब पनि पुग्न सकेन ।
आज दिनभर बजारमा ८९ करोड ८१ लाखको कारोबार हुँदा कुमारी बैंकको सर्वाधिक पाँच करोड ५ लाखको कारोबार भएको छ । यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंकको ४ करोड २४ लाख रुपैयाँको कारोबार हुँदा मेगा बैंकको ३ करोड १८ लाखको कारोबार भएको छ ।
आज दिनभर बजारमा कारोबार भएकामध्ये उपकार लघुवित्त, ग्रिन भेञ्चर लिमिटेड र बलेफी हाइड्रोपावरको शेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ ।
यता सामुदायिक लघुवित्तको सेयरमूल्य सर्वाधिक ५.७५ प्रतिशत गिरावट हुँदा युनिलिभर नेपालको ५.२५ प्रतिशत र युनाइटेड इदी मार्दी एन्ड आरबी कम्पनीको सेयरमूल्य ४.९४ प्रतिशतले घटेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार