एकै दिन दुई ठाउँमा बाघको आक्रमण
नेपालबहस संवाददाता
जेठ २७, २०७९ शुक्रबार २३:५८:४
२७ जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा एकै दिन दुई ठाउँमा बाघले आक्रमण गरेको छ । ती घटनामा दुई जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो ४ः२० बजेको समयमा भरतपुर महानगरपालिका–२३ स्थित हरियाली सामुदायिक वनमा बाघले आक्रमण गरेको छ ।
भरतपुर २४ का ४३ वर्षीय राजेश वाइवालाई बाघले आक्रमण गरेको हो । स्थानीय ६० वर्षीय कृष्णबहादुर लामासँगै राप्ती नदी हेर्न गएको समयमा वाइवालाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । घाइते वाईवाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको छाती र कुममा चोट लागेको छ ।
आजै बिहान ६ बजे तरकारी टिप्न खेतमा जाने क्रममा राप्ती नगरपालिका–१ का ४३ वर्षीय इन्द्रबहादुर थिङ (वाइवा) लाई अर्को बाघले आक्रमण गरी घाइते बनाएको थियो । घाइते थिङको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
राप्तीमा आक्रमण गर्ने बाघलाई निकुञ्जले नियन्त्रणमा लिएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले आजै नियन्त्रणमा लिएको हो । उक्त टोलीले सोही क्षेत्रबाट बाघलाई डार्ट गरेर नियन्त्रणमा लिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।
उनका अनुसार बस्ती नजिकको झाडीबाट बाघलाई नियन्त्रणमा लिइएको हो । उक्त बाघलाई निकुञ्जको सौराहा सेक्टरमा रहेको खोरमा राखिने छ । उक्त भाले बाघको उमेर भने खुलेको छैन ।
यसअघि नियन्त्रणमा लिइएका दुई वटा बाघ कसरास्थित खोरमा राखिएको छ । चितवनमा पछिल्लो समय बाघको आक्रमण बढेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गएको ११ महिनामा बाघको आक्रमणबाट १५ जनाको मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमकवानपुर दुर्घटनाः कार चालकसहित मृतकको संख्या २ पुग्यो
पुष २७, २०८१ शनिबार
मकवानपुरको मनहरीमा कार दुर्घटना : चालकको मृत्यु, १३ जना घाइते
पुष २७, २०८१ शनिबार
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार