पालिकामा गुणस्तरीय काम हुन संघ र प्रदेशबीच समन्वय आवश्यक
नेपालबहस संवाददाता
जेठ २८, २०७९ शनिबार १६:२:२९
२८ जेठ, सुर्खेत । कर्णाली प्रदेशका जनप्रतिनिधिहरुले संघ र प्रदेशले ढिलो बजेट पठाउँदा पालिकाहरुमा गुणस्तरीय विकास हुन नसकेको बताएका छन् । शुक्रवार कर्णाली प्रदेशका ७९ ओटै पालिकाका जनप्रतिनिधिलाई स्थानीय सरकार सञ्चालन सम्बन्धि तीन दिने अभिमुखिकरण कार्यक्रममा जनप्रतिनिधिले यस्तो बताएका हुन् ।
कर्णाली प्रदेश सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना र प्रदेश शुसासन केन्दको समन्वयमा सञ्चालन भएको अभिमुखीकरण कार्यक्रम तीन दिनसम्म चल्ने छ ।
कार्यक्रममा सहभागि स्थानीय तहका प्रमुख÷उपप्रमुख, गाउँपालिका अध्यक्ष/उपाध्यक्षहरूले स्थानीय तहका समस्या र सम्भावनाका बिषयमा प्रदेश सरकार र संघ सरकारसँग सहयोग र सहकार्यमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।कार्यक्रममा ७९ पालिकाका एक सय ५८ जना जनप्रतिनिधिहरुको सहभागिता छ ।
स्थानीय तहका जनप्रतिनिधिहरुले तीन तहका सरकारबीच सहकार्य नहुँदा नागरिकले विकासको अनुभूति गर्न नपाएको गुनासो गरेका छन् । उनीहरुले संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य र समन्वय अभाव हुँदा नागरिकले संघीयताको अनुभूति पनि गर्न नपाएको उल्लेख गरेका छन् ।
उनीहरुले संघ र प्रदेशका जिल्ला कार्यालयहरु खारेज गरेर स्थानीय तहमार्फत योजना कार्यान्वयन गर्दा मात्रै कर्णालीले विकास र समृद्धिको मार्ग तय गर्ने बताए ।
यस्तै, मुगुको छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले संघ र प्रदेश आफैले जिल्लामा बजेट कार्यान्वयन गर्न खोज्दा समस्या भइरहेको बताए । उनले, संघ र प्रदेशले ढिलो बजेट पठाउँदा पालिकाहरुमा गुणस्तरीय कामहरु हुन नसकेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
एनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार
परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत
मंसिर १०, २०८१ सोमबार