जमुनाह नाकाबाट ब्राउनसुगरसहित ५ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ २९, २०७९ आइतबार १३:४२:१०
२९ जेठ नेपालगन्ज । नेपालगन्जको जमुनाह नाकाबाट लागु औषध ब्राउन सुगरसहित ५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दाङ लमही नगरपालिका ५ बस्ने २१ वर्षका दिवस डांगी, १७ वर्षका राजिब राय केसी र लमही ६ बस्ने १७ वर्षका राजन सिंह ठकुरी रहेका छन् ।
भारत नेपाल प्रवेश गर्नेक्रममा उनिहरुको गतिविधि शंकास्पद देखिएपछि लागु औषध ब्यूरो र जमुनाह प्रहरीको टोलीले चेकजाँच गर्दा दिवसले बोकेको कालो झोलामा लुकाइछिपाई राखेको अवस्थामा १७ ग्राम खैरो हिरोइन फेला परेको हो ।
उनिहरुले उक्त हिरोइन पुरिएया बनाएर भित्रयाउने तयारी गरेका थिए । झोलामा १८ पुरिया फेला परेको जमुनाह प्रहरीका इन्चार्ज माधब रिजालले बताए । यस्तै भारतबाट नेपाल आउदै गरेका दुइ जना पनि खैरो हिरोइन सहित पक्राउ परेका छन । उनीहरु पनि लमहीकै हुन। पक्राउ पर्नेमा लमही नगरपालिका ५ दाङ बस्ने वर्ष २१ का सोनु श्रेष्ठ र २० वर्षका बिशाल कुवंर रहेका छन् ।
श्रेष्ठ र कुवंरको गतिविधि शंकास्पद देखिएपछि लागु औषध ब्यूरो र जमुनाह प्रहरीको टोलीले नाकामा जाँच गरेको थिय । त्यसक्रममा श्रेष्ठले बोकेको गुडियाको भित्र लुकाएर ल्याइएको ७ ग्राम खैरो हिरोइन फेला परेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँसको झ्याङमा हातखुट्टा बाँधिएको अवस्था भेटिएकी महिलाको स्वास्थ्यमा सुधार
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
चोरीको मोटरसाइकलसहित एकजना पक्राउ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
के १५ हजार समलिङ्गी सैनिकलाई ट्रम्पले हटाउन खोजेका हुन् ?
पुष १०, २०८१ बुधबार
एमाले सचिवालय बैठक बस्दै
पुष १०, २०८१ बुधबार
स्याउगाउँबाट देखिएको निलगिरी हिमाल
पुष १०, २०८१ बुधबार
क्रिसमस इभमा झुमिएको ठमेल [ फोटो फिचर ]
पुष १०, २०८१ बुधबार