रामकली छ दिनदेखि सम्पर्कविहीन
नेपालबहस संवाददाता
जेठ २९, २०७९ आइतबार १७:४२:२३
२९ जेठ, कञ्चनपुर । लालझाडी गाउँपालिका–३ पर्सियाकी ३८ वर्षीया रामकली राना छ दिनदेखि सम्पर्कविहीन भएकी छिन् । उनी फूपू भेट्न बेदकोट नगरपालिकाको दैजी जान्छु भनेर यही जेठ २३ गते घरबाट निस्केकी थिइन् ।
रामकलीलाई उनका भतिजा दिनेश रानाले फूपूलाई भेट्न जाने भनेपछि कलुवापुरसम्म मोटरसाइकलमा पु-याएका थिए । यसपछि उनी बसमा जाने भनेर मोटरसाइकलबाट ओर्लिइन् र बस चढिन् । परिवारका सदस्यले फूपूकै घरमा पुगेकी होलिन् भनेर चासो दिएनन् ।
परिवारजनले फूपूको घरमा रामकली नपुगेको खबर पाएपछि खोजखबर गर्न सुरु गरेका छन् । जेठ २६ गते रामकलीले छिमेकी दाजु मनोहर रानाको मोबाइलमा बिहान फोन गरिन् तर बोलिनन् । “त्यसपछि लगातार फोन लगाउन खोज्यौँ बोलिनन्”, मनोहरले भने, “अझै पनि फोन गरिरहेका छौँ, फोन लागिरहेको छैन, स्वीचअफ छ ।”
खोजतलासका लागि इलाका प्रहरी कार्यालय बेलौरीमा आफन्तले निवेदनसमेत दिएका छन् । प्रहरीे र आफन्तले रामकलीको खोजबिन गरिरहेका छन् । हालसम्म पत्ता लाग्न सकेको छैन । रामकलीका श्रीमान् रामसाहेव रानाको गत वर्ष मृत्यु भएको थियो । उनी १५ वर्षीय छोरासँग बस्दै आएकी छिन्।
“रामकली एकाएक कता हराइन्, निकै चिन्तामा छौँ”, जेठाजु गजेन्द्र रानाले भने, “फूपूको घर जाने भनेर गएकी कता हराइन् । अहिलेसम्म सम्पर्क हुनसकेको छैन ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाटोका भाँडा बनाउने व्यवसायी समस्यामा
पुष २५, २०८१ बिहिबार
हाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी ,चालक गम्भीर
पुष २५, २०८१ बिहिबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्राको मूल्य घटबढ
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार