त्रियुगाका किसानलाई आधुनिक बीउ
नेपालबहस संवाददाता
जेठ २९, २०७९ आइतबार १९:३०:४६
२९ जेठ, उदयपुर । त्रियुगा नगरपालिका क्षेत्रमा अधिक धान उत्पादन गरेर किसानलाई आत्मनिर्भर बनाउन नगरपालिकाले जेठको दोस्रो हप्तादेखि आधुनिक धानको बीउ अनुदानमा वितरण गर्दै आएको छ ।
नगरपालिकाको कृषि विकास शाखाले विभिन्न वडाका धान उत्पादक किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक धानको बीउ उपलब्ध गराएको हो ।
शाखाका प्रमुख माधव राउतका अनुसार अहिलेसम्म झण्डै आठ टन धानको बीउ वितरण गरिसकिएको र अझै पनि वितरण जारी छ किसानलाई वितरण गरिएका बीउमा राधा, सवरसव, रञ्जीत, रातो बासमती, रामधानलगायत आधुनिक धानको बीउ रहेको उनले जानकारी दिए ।
आधुनिक धानको बीउ हरेक वर्ष वितरण गरिँदै आइएकाले नगरका किसानले धान उत्पादन पनि वृद्धि गर्दै लगेका छन् ।
नगरपालिकाको असारी, पोर्ताहा, जोगिदह र लक्ष्मीपुर क्षेत्रमा बढी लल्काबासमती र रामधान उत्पादन हुने गरेको कारण आफूहरुले सोही धान नै बढी लगाउने गरेको पोर्ताहका किसान देवलाल चौधरीले बताए ।
नगरको चुहाडे, राजाबास, गैरुन, गाईघाट, भुल्के र बगाहा, श्रीपुर क्षेत्रमा बढी मात्रमा रञ्जीत धान र रामधान तथा बासमती धान उत्पादन भएको त्यस क्षेत्रका किसानले बताए ।
आधुनिक धानको बीउ अनुदानमा वितरण गर्दै आएकाले झण्डै २५ प्रतिशत धान उत्पादन बढेको किसान हरेराम चौधरी र कर्णबहादुर खड्काले बताए ।
उनहरुले भने, “दुई वर्षअघि आफूहरुले दश–दशकठ्ठा जग्गामा परीक्षणको रुपमा राम धान र रञ्जीत धान लगायौँ, प्रतिकठ्ठा तीन मनसम्म धान उत्पादन हुने जग्गामा नयाँ बीउ लगाएपछि प्रतिकठ्ठा चार मनदेखि पाँच मनसम्म धान उत्पादन हुन थाल्यो ।
”आधुनिक धानको बीउ प्रयोगसँगै किसानले धान उत्पादनमा वृद्धि गर्न थालेपछि किसानबाटै आधुनिक धानका बीउको माग पनि बढ्दै जान थालेको कृषि शाखाले जनायो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार
गुल्मीमा सुन्तला उत्पादन बढ्यो, कृषक खुसी
पुष २६, २०८१ शुक्रबार
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार