मन्त्री उडाउने बतास समूहलाई कसरी गर्ला पशुपति विकास कोषले कारवाही ?
केदार भट्टराई (काका)
जेठ २९, २०७९ आइतबार १९:४३:५६
२९ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र प्रधानमन्त्री शेरबहादुर देउवादेखि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसम्म दरिलो पहुँच भएको बतास समूहबीच टकराव चलेको लामै समय भैसक्यो ।
पशुपति क्षेत्रबाट बतासलाई बाहिर निकाल्ने प्रयासले मन्त्री आलेको चर्चा पनि निकै बढाएको हो । नेकपा एकीकृत समाजवादीका तर्फबाट मन्त्री बनेका आलेको मन्त्री पद अब धेरैदिन रहने अवस्था छैन, त्यै पनि उनले बतास समूहलाई कुर्लने काम भने बन्द गरेका छैनन् ।
विभागीय मन्त्री फेरिने तयारी भइरहँदा पशुपति विकास कोषले बतास समूहलाई एक हप्ताको अल्टिमेटम दिएर पत्र काटेको छ । कोषको चेतावनीपूर्ण पत्रको म्याद सकिन अब धेरै दिन बाँकी छैन् । तर, बतास समूहले भने कोषको पत्रप्रति चासो दिएको देखिँदैन् ।
नेपाल–भारत मैत्री पशुपति धर्मशाला भवन छाड्न पशुपति क्षेत्र विकास कोषले बतास समूहलाई एक साताको ‘अल्टिमेटम’ दिएको हो । कोषका सदस्यसचिव मिलनकुमार थापाद्वारा बतास समूहअन्तर्गतको होटल आनन्दलाई गत बुधबार पठाइएको पत्रमा जेठ मसान्तभित्र धर्मशाला खाली गरेर साँचो बुझाउन भनिएको छ ।
बतास समूहकै कारण मन्त्री आलेलाई यो विषयमा प्रगतिभन्दा बढ्ता फण्डा गर्न थालेको भन्दै उनको पार्टी एकीकृत समाजवादीभित्र प्रश्न उठेको छ । मन्त्री आलेले पत्तो नपाउँदै बतास समूहले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको कान फुकिसकेकोले कारण पनि उनी मन्त्रीबाट फिर्ता हुनुसँग जोडिएको छ ।
होटल आनन्दलाई ०७६ जेठ १ गते करार सम्झौता गरी कोषले भाडामा दिएको धर्मशाला करार सम्झौताहरुको गम्भीर उल्लंघन भएको जनाउँदै ०७८ चैत १४ गते नै रद्द गरिसकेको छ । तर, बतासले होटल छाडेको छैन् । कोषले सम्झौता रद्द गरेपछि अदालत पुगेको बतास समूहलाई पहिले अदालतले साथ दिएपनि पछि भने दिएन् ।
काठमाडौं जिल्ला अदालतले बतास समूहलाई धर्मशालामा होटल सञ्चालन गर्न दिन यसअघि जारी गरिएको अन्तरकालीन आदेश बदर गरेसँगै करार रद्द गर्ने कोषको निर्णय कार्यान्वयनका लागि बाटो खुलेको छ । तर, शक्तिकेन्द्रको निकट रहेको बतास अदालत र पशुपति विकास कोषलाई टेर्ने पक्षमा देखिएको छैन ।
राजसंस्थाको अन्त्यसंगै दलीय नेतृत्व र सरकारलाई समेत प्रभावमा राख्न सफल बतास समूहले नेकपा एमालेभित्रको सम्बन्ध एमाले निकट मानिएको यति समूहभन्दा अगाडि र बलियो बनाएको छ । यसले एमाले पार्टी वा त्यसका अध्यक्ष केपी शर्मा ओली बतास समूहको विपक्षमा जान सक्दैनन् ।
सत्ता पक्षमा प्रधानमन्त्री देउवाका प्रिय पात्र नै हुन् बतास समूहका अध्यक्ष आनन्द बतास । प्रधामन्त्री पत्नी आरजु राणा देउवा बतास समूहकी संरक्षक जस्तै हुन । पशुपति धर्मशालाको अहिले प्रसंग आइरहँदा यो समूहको प्रतिरक्षामा ठूलै राजनीतिक कनेक्सन जुटेको देखिएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै यो कनेक्सनमा अगाडि देखिएका छन् ।
व्यापारको क्षेत्रमा उदाएको समूहको सम्बन्ध मूलतः कांग्रेसका प्राय नेताहरु जोडिएको छ । बतास स्वयंले नै आफ्नो सम्वन्ध देउवासँग रहेको दाबी गर्नुको पछाडि कारण बनेकी छन् आरजु । आनन्द बतासले आफ्नो समूहको सल्लाहाकारमा डा. आरजु राणालाई छिराइसकेका छन् । कतिपयमा आरजुको लगानीसमेत रहेको बताइन्छ । बतास समूह कांग्रेसको प्रमुख चन्दादाताको रुपमा चिनिन्छ ।
एमाले अध्यक्ष ओलीले बतास समूहलाई पार्टीमा संरक्षण दिएको विषयले पनि निकै चर्चा पाएको थियो । नेपाली कांग्रेसनिकट भनेर चिनिएका व्यापारीसँग ‘कमरेड’को हिमचिम भन्दै ओलीको विरोध पनि भएको थियो । तर, बतासका अगाडि कांग्रेसी भनेर विरोधमा उत्रिएका एमाले नेताहरुको जोड चलेन । यसरी राजनीतिक संरक्षमा रहेको बतास समूह पशुपतिबाट लखेटिने हो कि होइन भन्ने भन्ने चर्चा यतिबेला चलिरहेको छ ।
यसअघि राजदरवार संग्राहलयबाट भने यो समूहलाई धपाइएको थियो । संस्कृति तथा पर्यटन मन्त्रालयले उसले निमार्ण गरेका संरचना भत्काएको थियो । नारायणहिटी दरबार संग्रहालयमा कफीशप सञ्चालन गर्न थालेको थियो बतास समूहले । राजनीतिक संरक्षणमै बतास समूहले काठमाडौं उपत्यकाका पशुपति धर्मशाला र पाटन दरबार परिसरदेखि काठमाडौंबाहिरका अरु कैयौं ठाउँमा समेत सरकारी तथा सार्वजनिक सम्पत्ति सस्तोमा हात पारेर आफ्नो व्यापार सञ्चालन गरिरहेको छ ।
बतासले भारतीय सहयोगमा पशुपति क्षेत्र विकास कोषको १९ रोपनी जग्गामा निर्मित तीन तलाको ४ सय बेड रहेको ‘पशुपति धर्मशाला’मा पनि व्यापार सुरु गरेको पनि लामो समय भइसकेको छ । ३४ करोड रूपैयाँमा निर्माण भएको ४ सय बेडसहितको संरचना र जग्गामा बतास अर्गनाइजेसन अन्तर्गतको होटल आनन्द प्रालिले होटल सञ्चालन गरिरहेको छ ।
अहिले पनि कतिपय नेताहरुले संस्कृतिमन्त्री प्रेमबहादुर आलेको सनक र आदेशको भरमा पशुपति क्षेत्र विकाश कोषले एकतर्फी रुपमा होटेल सञ्चालनको करार सम्झौता भंग गरेको बताइरहेका छन् । यो विषयलाई लिए बतास समूह फेरी उच्च अदालत जानसक्ने पनि बताइदैछ । बतास समूहले मन्त्री आलेका कारण करोडौंको नोक्सानी भएको मुद्दा दायर गर्ने बताइन्छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार