स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग
नेपालबहस संवाददाता
जेठ २९, २०७९ आइतबार २२:८:२
२९ जेठ, काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।
आर्थिक वर्ष २०७९/८० को बजेटको विभिन्न शीर्षकमाथि मन्त्रालयअन्तर्गतको छलफलका क्रममा दलीय आधारमा सांसद डा भीम रावलले भारतसँग जोडिएका सिमानाका बारेमा सरकारको जवाफ माग गरे ।
उनले नेपाललाई शान्ति क्षेत्र घोषणा गरिनुपर्ने र संविधानविपरीत कुनै पनि गतिविधि गर्न नहुनेमा जोड दिए । सांसद खगराज अधिकारीले सहरी विकासमन्त्रीले कास्कीको पोखरामा सबै बजेट कटौटी गरिएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा बजेटको कमी भएको तथा जनताको स्वास्थ्यप्रति सरकार गम्भीर नभएको बताए ।
उनले भने, “स्वास्थ्य बीमाका लागि दीर्घ रोगका लागि आवश्यकभन्दा बजेट विनियोजन गरिएको छ, सामाजिक स्वास्थ्य बीमालाई सरकारले जोड दिनुपर्छ ।” पोखरामा रहेको मणिपाल मेडिकल कलेज निजीकरण गर्न नहुने उनको भनाइ छ ।
सांसद शक्तिबहादुर बस्नेतले परराष्ट्र नीति र सुरक्षा नीतिका बारेमा सरकारको प्रष्ट धारणा हुनुपर्ने माग गर्नुभयो । उनले जोखिमपूर्व सदरमुकामका बारेमा बजेटले ध्यान दिन नसकेको बताए ।
सांसद रेणुका गुरुङले फोहर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्नुपर्ने माग गर्दै भूमिहीन तराईका डोम समुदायलाई जग्गा तथा आवासको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।
सांसद अनिलकुमार झाले सुरक्षित नागरिक आवास कार्यक्रमको आवश्यकता औँल्याउँदै जनता आवास कार्यक्रमअन्तर्गत दलित समुदायलाई भनिए पनि उनीहरुले पाउन नसकेको बताए ।
स्वास्थ्य बीमा ऐनका आधारमा स्वास्थ्य बीमाको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । सांसद कृष्णप्रसाद दाहालले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका निम्ति अनुगमनको आवश्यकता औँल्याए ।
सांसद सत्यनारायण शर्मा खनाल, सत्या पहाडी, लक्ष्मी परियार, सरलाकुमारी यादव, लक्ष्मीकुमारी चौधरी, लीलादेवी सिटौलालगायतले विनियोजन शीर्षकमाथि धारणा राखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ : स्वास्थ्यमन्त्री पौडेल
पुष २७, २०८१ शनिबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार