स्याङ्जाका मुख्य तीन सडकलाई १४ करोड विनियोजन
नेपालबहस संवाददाता
जेठ २९, २०७९ आइतबार २३:५७:४१
♦ प्रकाश डोटेल
२९ जेठ, स्याङ्जा । स्याङ्जाका प्रमुख तीन सडकलाई सरकारले १४ करोड बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि नयाँ दुई सडक निर्माण गर्न र राजमार्ग मर्मत सम्भारका लागि सरकारले उक्त बजेट विनियोजन गरेको हो ।
२०५१/०५२ मा नयाँ ट्राक खोलेर संचालित जगतभञ्ज्याङ–केँवरे, चापाकोट–गजरकोट सडकखण्ड निर्माण गर्न ५ करोड र २०४९/०५० देखि संचालनमा आएको सेतिदोभान–आरुचौर घण्टेदेउराली सडकलाई ४ करोड रुपैयाँ विनियोजन गरिएको छ । मन्त्रालयले राम्दीदेखि पोखरासम्म झण्डै १ सय किलोमिटर सडक मर्मत सम्भारका लागि ५ करोड विनियोजन गरेको छ ।
स्याङ्जा र तनहुँका स्थानीय प्रत्यक्ष लाभान्वित हुने जगतभञ्ज्याङ् गजरकोट सडक खण्डको करिब ६० प्रतिशत काम सकिएको छ । वालिङको मिर्दिदेखि चापाकोटसम्म १९ किलोमिटर सडक कालोपत्रे गरिएको छ भने झण्डै १० किलोमिटर सडक कालोपत्रे भएपछि तनहुँको घिरिङ् गाउँपालिका जोडिने छ । सडक कालोपत्रेपछि पालिका केन्द्र र दुई जिल्ला सिद्धार्थ राजमार्गसँग जोडिने छन् ।
सडक निर्माण सम्पन्नपछि बुटवलबाट सिद्धार्थ राजमार्गबाट स्याङ्जा पोखरा हुँदै काठमाडौं जाने सवारीलाई छोटो र सहज हुने भएको छ । बुटवलबाट वालिङ चापाकोट हुँदै भिमाद भएर पृथ्वी राजमार्ग निस्कन सकिन्छ । राजमार्गको झण्डै ३० किलोमिटर यात्रा छोट्टिने छ ।
मन्त्रालयको राजमार्ग स्तरउन्नती तथा पूर्नस्थापना कार्यक्रम अन्र्तगतको सेतिदोभान घण्टेदेउराली सडक खण्डको झण्डै ३० प्रतिशत कालोपत्रे गरी सकिएको छ । स्याङ्जा र पर्वत दुई जिल्ला जोडने सडकमा ४ करोड बजेट विनियोजन भएपछि त्यस आसपासका स्थानीय रोजगारीसँग जोडिनेमा विश्वस्त छन् । स्थानीय स्तरमा उत्पादित वस्तु पोखरा निकासीका लागि सहज हुनेछ ।
राजमार्गको स्तरउन्नतीका लागि राम्दीदेखि पोखरासम्मको झण्डै सय किलोमिटर सडकका लागि ५ करोड विनियोजन भएको छ । आवश्यक मर्मत सम्भारको अभाबमा सडकको खाल्डाखोल्डीमा यात्रा गर्न बाध्य यात्रुले बजेट विनियोजनपछि राहत महशुस गरेका छन् । प्राप्त बजेटलाई तत्कालिन मर्मत सम्भारमा लगाउँन राजमार्ग आसपासका स्थानीयले आग्रह गरेका छन् ।
यता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रदेश राजधानी जोड्ने सिद्धार्थ राजमार्गको बुटवल पोखरा खण्ड मर्मत सम्भारका लागि ६१ करोड ४४ लाख बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा राजमार्गका घुम्ती कटान र मर्मत सम्भारका ठूला काम सम्पन्न गर्ने उद्देश्यले बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
इतिहासकै कमजोर आईजीपीको सुरः निरीह, एकलकाँटे, छाँया र सधैँ हस् हजुर....
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
सेनाले भन्यो– कंगोमा परिचालित सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्
माघ १३, २०८१ आइतबार
त्रिकोणात्मक टी–२० शृङ्खलाः इन्दू बर्माको कप्तानीमा नेपाली टोली घोषणा
माघ १३, २०८१ आइतबार
सरकार फेरिन सक्छ, तर विकासमा नीतिगत निरन्तरता चाहिन्छ : उपमहासचिव पुन
माघ १३, २०८१ आइतबार
सुप्रिम सहकारी ठगीमा बैंक ग्यारेन्टीमार्फत १ करोड धरौटी बुझाएर छुटे रवि
माघ १३, २०८१ आइतबार