नेपाललाई हेर्ने अमेरिकी चश्मा बदलिएकाे हो ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ २९, २०७९ सोमबार ३:४६:५५
![](https://nepalbahas.prixacdn.net/media/albums/sena-5_C5IKZZ70yZ.jpg)
२९ जेठ, काठमाडौं । नेपालको संसदले अमेरिकी सहयोग परियोजा मिलेनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ अनुमोदन गरेपछि नेपाललाई हेर्ने अमेरिकी आँखाको चश्मा बद्लिएको छ । नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण तय हुनु अघि प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका जानु तथा २६ जेठ ०७९ मा काठमाडौं आउनुले पनि नेपाललाई हेर्ने अमेरिकी आँखा बद्लिएको हो ।
दुई वर्ष यता कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार हुँदा अमेरिकी सरकारले एमसीसी पास गर्न सकेको थिएन । खासगरी तत्कालिन नेकपाको एउटा खेमा माओवादी पक्षको विरोध रहेका कारण एमसीसी अड्किएको थियो । तर देउवा प्रधानमन्त्री भएपछि सरकारमा विभाजित वामपन्थीहरुको सहभागिताले एमसीसी पास गर्न सहज भयो । जसका कारण अमेरिकी अधिकारीहरुले नेपाल भ्रमण गर्न थाले । अमेरिकी सरकारी अधिकराीहरु नेपाल आउन थालेपछि नेपालका अधिकारीहरुको पनि अमेरिका भ्रमण खुलेको छ ।
नेपालका प्रधानसेनापति शर्माको अमेरिका भ्रमण अघि इन्डो–प्यासिफिक कमान्डका कमान्डिङ जनरल चार्ल्स ए फ्लिनको नेपाल भ्रमण सैन्य सम्बन्ध विस्तारमै केन्द्रित भएको देखिन्छ । फ्लिनको भ्रमण नेपाली सेनासँग सम्बन्ध विस्तारको दीर्घकालीन सोचसँगै अर्को महिना अमेरिका भ्रमणमा निस्कन लागेका प्रधानसेनापति प्रभुराम शर्माको भम्रण तयारीसँग पनि जोडिएको छ ।
साथै नेपाल र अमेरिकी सेनाबीचको आर्थिक र तथा पारस्पारिक सहकार्यसँग पनि उत्तिकै जोडिएको छ । अर्कोतर्फ असारमा हुने प्रधानमन्त्री शेरबहादुर देउवा पनि अमेरिका भ्रमणमा विषय पनि जोडिएर आउने गरेको छ । तर प्रधानमन्त्री देउवा र सेनापति शर्माको भ्रमण मिति भने टुंगो लागेको छैन । प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे आइतबार संसदमा समेत कुरा उठेको छ । वर्तमान प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे चासो राखेको छ । एमसीसी पास गराउनमा एमालेको भूमिका रहेपनि उसले आफूलाई सदनको कामकारवाहीबारे छलफल गर्ने अवसर नै नदिएको आरोप लगाएको थियो ।
उनी चार दिने नेपाल भ्रमणका क्रममा आइतबार पाँचखाल र शिवपुरी पुगेर नेपाली सेनाले सञ्चालन गरेका तालिमहरुको अवलोकन गरे । पाँचखालको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेपछि उनी आइतबार साँझ नै अमेरिका फर्के । शिवपुरी पुग्नुअघि पाँचखालमा उनले नेपाली सेनाका केन्द्रपति सहायक रथी सन्तोष बल्लव पौडेल लगायतसँग छलफल गरेका थिए । संयुक्त राज्य अमेरिकाबाट शान्ति स्थापना कार्यका लागि प्राप्त सहयोग बृद्धि गर्दै लैजाने विषयमा छलफल भएको थियो । फ्लिनले नेपाली सेनाले शान्ति स्थापना कार्यमा पुर्याएको योगदानको प्रशंसा गरे । नेपाली सेनाले तालिम केन्द्रका बारेमा जानकारी गराएको थियो । शान्ति स्थापना कार्यमा खटिने सेनाले गर्ने सहयोग तथा उद्धार अभ्यासका बारेमा उनले अवलोकन गरेका थिए ।
त्यसपछि शिवपुरीस्थित स्टाफ कलेज पुगे। त्यहाँ फ्लिनले तालिमरत अधिकारीहरुलाई सम्बोधन गरे भने त्यहाँ वृक्षरोपण पनि गरेका छन् । सम्बोधनका क्रममा फ्लिनले नेपाली सेना भरपर्दो जमिनी शक्ति रहेको बताए। संसारकै पूराना सेनाहरुमा नेपाली सेना पनि एक भएको बताएर नेपाली सेनाको प्रशंसामा समय खर्चेका थिए ।
यसअघि शुक्रबार सैनीक मुख्यालयमा नेपाली सेनाले गार्डअफ अनर प्रदान गरेको थियो। प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका थिए भने प्रधानसेनापतिले त्यही साँझ रात्रिभोजको आयोजना गरेका थिए । शनिबार माउण्टेन फ्लाइटमा हिमाली दृश्य अवलोकनमा गएका फ्लिन वशन्तपुर क्षेत्रको पनि अवलोकन गरेका थिए । यस्तै फ्लिनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए ।
अमेरिकी चासो र चिन्ता
प्रधानमन्त्री देउवा अमेरिका भ्रमणमा प्रधानमन्त्रीका हैसियतमा जाँदैछन् कि रक्षामन्त्रीको हैसियतमा भन्ने प्रश्न उठाएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा एमालेका सांसद प्रदीप ज्ञवालीले अमेरिका भ्रमणबारे प्रधानमन्त्री देउवाले संसद्मा जानकारी दिनुपर्ने माग गर्दे प्रश्न उठाएका थिए ।
भ्रमणको व्यवस्थापनमा दुवै देशका परराष्ट्र सम्बन्धसँग सम्बन्धित निकाय सक्रिय नभएर रक्षा तथा सेनासँग सम्बन्धित निकाय सक्रिय भएकोप्रति पनि ज्ञवालीले आशंका व्यक्त गरेका गरे । यो भ्रमणको चाँजोपाँजोमा न अमेरिकाको स्टेट डिपर्टमेन्ट अग्रपंक्तिमा देखिन्छ न नेपालको परराष्ट्र मन्त्रालय । भ्रमणको चाँजोपाँजो मिलाइरहेको अमेरिकाको डिपार्टमेन्ट अफ डिफेन्सले र नेपालको रक्षा मन्त्रालयले होस सेना त्यसमा जोडिएको छ,’ उनले भने,’ यसले गम्भीर प्रश्न उठेको छ । यसको चाँजोपाँचो रक्षा मन्त्रालय र अन्य खालका निकाय हुनु ।
यस्तो बेलामा प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने तयारी गरेपछि एमसीसी आर्थिक सहायता मात्रै होइन भनेर चलिरहेका आशंकाहरूलाई झन मद्दत पुगेको छ । तर विगत दुई महिनामा अमेरिकी अधिकारीको नेपाल भ्रमणले त्यसलाई चिर्न खोजिरहेको छ । उनीहरूको प्राथमिकता सैन्य सम्बन्धसँग झन् जोडिँदै जानुले यस्तो देखाउँछ । सन् २०१९ को एक रिपोर्टमा नेपाल इन्डो–प्यासिफिक रणनीति ‘आईपीएस’ सँग जोडिएको उल्लेख गरिसकेको छ । नेपालले त्यसमा आपत्ति भने जनाइरहेको छ ।
तर, नेपाल–अमेरिकाका पछिल्ला गतिविधिले आईपीएसतिर धकेलिने संकेत देखाउन थालेको सुरक्षाविज्ञहरूको टिप्पणी छ । अहिलेको सैन्य भ्रमणलाई हेर्ने हो भने नेपालसँग अमेरिकी सैन्य सम्बन्ध सन् १९४५ देखिकै हो । त्यतिबेला एक अमेरिकी सैन्य अधिकारी अलफ्रेड ब्राउनले नेपाल भ्रमण गरेर तत्कालीन प्रधानमन्त्री पद्मशमशेर राणासँग लामो संवाद गरेको इतिहास पाइन्छ ।
सन् १९५० भन्दा पहिला अमेरिकाको नेपालप्रतिको नजर सैन्य सम्बन्धसँग जोडिएको विश्लेषण छ । त्यसपछिका वर्षमा भने अमेरिका आर्थिक र सामाजिक मुद्दामा केन्द्रित भएको देखिन्छ । नेपालमार्फत भएको स्वतन्त्र तिब्बतको आन्दोलनमा माओवादी सशस्त्र युद्धको बेलामा पनि अमेरिकी सेनाको सक्रियता थियो । तर अहिले त्यस्तो अवस्था छैन । अमेरिकी अधिकारी र नेपाली अधिकारीहरुको भ्रमण आदान प्रदानले दुवै पक्षलाई हित हुने अपेक्षा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
दिल्लीमा नयाँ मुख्यमन्त्री पदको दौडमा क-कसको नाम छ ?
फागुन ५, २०८१ सोमबार
इजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
फागुन ५, २०८१ सोमबार
बजेट कोष बढाउन कार करमा निर्भर श्रीलङ्का
फागुन ५, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकहरुलाई मिसन हस्पिटलमा विशेष छुट
फागुन ५, २०८१ सोमबार