अर्थमन्त्रीको गभर्नरमाथि अर्को प्रहार,‘तरलता संकटमा राष्ट्र बैंक जिम्मेवार हुनुपर्छ’
नेपालबहस संवाददाता
जेठ ३०, २०७९ सोमबार १३:३०:१७
३० जेठ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वित्तीय क्षेत्रमा तरलता संकट आउनुको मुलकारण नेपाल राष्ट्र बैंक भएको संकेत गर्दै यसको दोष फेरी गभर्नरतिरै तेर्साएका छन् । उनले मौद्रिक नीतिमा भएको कमजाेरीका कारण वित्तीय क्षेत्रमा तरलता संकट बढ्न पुगेको भन्दै घुमाउरो पाराले यसको दोषी गभर्नर नै भएको संकेत गरेका हुन् ।
आइतबार आईएमई समूह अन्तर्गतको रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडको २२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले बैंकिङ क्षेत्रमा तरलता संकट देखिनुमा राष्ट्र बैंकले तयार गरेको मौद्रिक नीतिमै कमजाेरी रहेकाे बताए । उनले अब आउने मौद्रिक नीतिमा यो विषयमा विशेष ध्यान दिनुपर्ने भन्दै गभर्नरलाई सम्झाए ।
राजधानीको नयाँ बानेश्वस्थित होटल एभरेष्टमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भने उपस्थित थिएनन् । उनी श्रीमतिको उपचारका लागि भारतमा रहेको राष्ट्र बैंकका एक अधिकारीले आनौपचारिक जानकारी दिए ।
अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच सम्बन्ध विग्रिएको लामो समय भइसकेको छ । अधिकारीलाई निलम्बन गर्नु अगाडीदेखि नै विग्रिएको सम्बन्धका कारण हस्मेसी एकै कार्यक्रममा दुबैको उपस्थिति विरलै हुने गर्छ । उनले प्राय कार्यक्रमहरुमा अर्थतन्त्रका खराव पक्षहरुमा गभर्नर अधिकारीलाई दोषी देखाउन कोसिस गरिरहेको देख्न सकिन्छ ।
राष्ट्र बैंकका केहि वरिष्ठ अधिकृतहरुको मात्रै उपस्थिति रहेको सो कार्यक्रममा मन्त्री शर्माले थोरै समय विषयबस्तुमा खर्चिए । वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको उनले बताए ।
रेमिट्यान्सको ठूलो रकम उपभोगमा खर्च भइरहेको र आउँदा दिनमा ठूला पूर्वाधारमा लगानी केन्द्रित गर्नुपर्ने खाँचो औल्याउँदै हुण्डी कारोबारलाई न्यूनीकरण गरी वैधानिक च्यानलबाट बिदेशमा रहेको नेपालीको रकम भित्र्याउन रेमिट्यान्स कम्पनीले गरेको योगदानको उनले प्रशंसा गरे ।
थोरै समय आगामी आर्थिक वर्षको बजेटमा रेमिट्यान्सका माध्यमबाट वैदेशिक मुद्रा भित्र्याउने धेरै विषयलाई सम्बोधन गरेको विषयमा खर्चिए । शर्माले भने, ‘बजेटले रेमिट्यान्सबाट आएको पैसा मात्रै ल्याउने उद्देश्य राखेको छैन । अहिले सामान्य प्रणालीमा आइरहेको वैदेशिक मुद्रालाई एक कदम अघि बढेर विशेष रुपमा विदेशी मुद्रा भित्र्याउने भनिएको छ ।’
बजेट आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बञ्चितिकरणबाट समावेशीतातर्फको प्रस्थान भएकाले मुलुकको वर्तमान आर्थिक अवस्थालाई बिस्तारै समाधान गरी अघि बढ्ने बताए । उनले औद्योगिक वस्तु र कृषि उपजसँगै सेवा क्षेत्रको समेत निर्यात थालनी गर्नेगरी बजेट आएको दावी पनि गरे ।
बाँकी समय अर्थमन्त्री शर्मा प्रत्यक्ष र अपत्यक्ष रुपमा गभर्नर अधिकारीमाथि दोष लगाउनेतिरै केन्द्रीत देखिए । उनले भने,‘बैंक तथा वित्तीय संस्थाहरुमा तरलता संकट थप गहिरिएको छ । कर्जा निक्षेप अनुपात ९० प्रतिशतभन्दा बढी नाघ्दा समेत बैंकहरुले ऋण दिन रोकेका छैनन् । बैंकहरुले धमाधम ऋण लगानी गर्दा पनि निक्षेप बढ्न नसकेको कुरालाई राष्ट्र बैंकले ध्यान दिनुपर्छ ।
बैंक तथा वित्तीय संस्थाहरुको राष्ट्र बैंक नियामक निकाय भएकाले यस क्षेत्रका लागि नीति नियम बनाउँदा वा अनुगमन र निर्देशन गर्दा त्यसमा आउने राम्रा र नराम्रा पक्षहरुको जिम्मेवारी पनि उसैले लिनुपर्ने आशय उनले व्यक्त गरे । उनले तेकेरै नभने पनि संकेत भने राष्ट्र बैंकलाई गभर्नर अधिकारीले सही निर्देश गर्न नसकेको तर्फनै केन्द्रीत थियो ।
केही समयअघि चार्टर्ड एकाउन्टेसहरुको संस्था आईक्यानले आयोजना गरेको एक कार्यक्रममा गभर्नर अधिकारीले अर्थमन्त्रीतर्फ संकेत गर्दै अर्थतन्त्रका सबै क्षेत्र नेपाल राष्ट्र बैंकले नहेर्ने बताएका थिए । अर्थतन्त्रका प्रमुख चार क्षेत्रहरुमध्ये अन्तिमको एउटा क्षेत्रमात्रै राष्ट्र बैंकले हेर्ने उनले बताएका थिए ।
उनले रियल सेक्टर, एक्सटरनल सेक्टर,फिस्कल र मनिटरी सेक्टरमध्ये अन्तिम पार्ट मात्रै हेर्ने काम राष्ट्र बैंकको भएको बताएका थिए ।आइतबार अर्थमन्त्रीले गभर्नरलाई मौद्रिक नीतिलाई समय सापेक्ष रुपले बनाउन र लागु गर्न नसकेको बताए । पछिल्लो समय यी दुइबीच बढेको विवादले अर्थतन्त्रका सूचकहरुमा नकारात्मक प्रभाव पारिरहको धेरैको अनुमान छ ।
बजेटमा पनि यसको असर देखिएको छ । मौद्रिक नीति आउने समय भइसक्यो । तर, अर्थमन्त्री र गभर्नरबीच गम्भीर छलफल भएको छैन । अर्थमन्त्रालयका कार्मचारीले मन्त्रालयमै मौद्रिक नीतिबारे राखेको एउटा छलफलमा दुबैले एक अर्कालाई सम्बोधनसमेत नगरी छलफल सकियो ।
गभर्नर अधिकारीको निलम्बन र सर्बोच्चबाट पुनर्वाहाली भएपछि नैतिकताका आधारमा अर्थमन्त्रीले राजीनामा दिनुपर्ने आवाज अहिले पनि उठिरहेको छ । तर, अर्थमन्त्री शर्माले यसलाई सहजै रुपमा पचाइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार