घोरल सिकारी : मालिक छुटे, कुकुर अझै थुनामा
नेपालबहस संवाददाता
जेठ ३०, २०७९ सोमबार १७:३४:७
♦ खड्क सुनार
३० जेठ, मुगु । डिभिजन वन कार्यालय मुगुमा दुई महिनादेखि एउटा सिकारी कुकुर थुनामा छ । मुगुम कार्मारोङ गाउँपालिका-१ चितैका च्याम्पा तामाङ, उनका छोरा दावा छोर्देन, टासी र छिमेक तामाङ गत १४ चैतमा समातिएका थिए । उनीहरूका साथमा एउटा कुकुर पनि थियो । सो कुकुरलाई कुनै रोग लागेर वा हिंस्रक भएकाले थुनेर राखिएको होइन । घोरल चोरीसिकारीको आरोपमा मालिकसँगै कुकुरलाई पनि नियन्त्रणमा लिइएको थियो ।
जंगली जनावर चोरीसिकारी आरोपमा उनीहरूविरुद्ध डिभिजन वन कार्यालय मुगुले अदालतमा मुद्दा दर्ता गर्यो । जिल्ला अदालतको आदेशबाट च्याम्पा र दावा छोर्देन १२ जेठमा जनही ७० हजार रुपैयाँ धरौटीमा रिहा भइसकेका छन् । टासी र छिमेक साधारण तारेखमा छुटे । वन कार्यालयले चलाएको मुद्दामा चार जना मात्र प्रतिवादी थिए ।
सिकारी कुकुरको प्रतिवादी नभएपछि अदालतले पनि त्यस विषयमा केही बोलेको छैन । अदालतले कुकुरको विषयमा केही नभनेपछि वन कार्यालयले अझैसम्म थुनेर राखेको जिल्ला अदालतका सूचना अधिकारी विद्याराज बुढाले बताए ।
घट्टमा अन्न पिस्न जाँदा वनमा घोरल चर्दै गरेको देखेपछि फर्केर घरमा आई सिकारी कुकुर लिएर गई घोरल मारेको अदालती बयानमा दावा छोर्देनले बताए । उनले घोरल मारेको र घर नजिक चौतारामा बसेको गाउँलेले देखेपछि घटना प्रहरीले चाल पाएको थियो । मारेको घोरल र सिकारी कुकुरसहित चारजनालाई तत्कालै पक्राउ गरेर प्रहरीले कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाएको थियो ।
डिभिजन वन अधिकृत गगन महताराले कुकुरका विषयमा अदालतबाट कुनै आदेश नआएकाले त्यत्तिकै छाड्ने वा मार्ने भन्ने टुंगो नलागेको बताए । प्रतिवादी छुटे पनि थुनामै रहेको कुकुरको हेरविचार गर्दा भने वन कार्यालयलाई आपतै परिरहेको छ । कुकुरको खान्कीमा मात्र २५ हजार खर्च भइसकेको महताराले बताए ।
वन्यजन्तुलाई हानिनोक्सानी पुर्याउने भएकाले वन कर्मचारीहरू उक्त कुकुरलाई त्यसै छाड्ने पक्षमा छैनन् । कुकुर सिकारी हो, त्यसलाई छाड्यो भने घर फर्किन्छ । त्यसले फेरि जंगली जनावर मार्छ । यस्तोमा राष्ट्रिय निकुञ्ज ऐनअनुसार आदेश लिएर सिकारी कुकुरलाई मार्ने नियम रहेको डिभिजन वन कार्यालयले जनाएको छ । मुगुम कार्मारोङ गाउँपालिकाको चितैगाउँमा पर्ने वन क्षेत्रमा शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
एनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार
परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत
मंसिर १०, २०८१ सोमबार