विश्वकै ठूलो जाफा केक !
नेपालबहस संवाददाता
जेठ ३०, २०७९ सोमबार १८:३०:३३
३० जेठ, एजेन्सी । १६० किलो अन्डा, ८ किलो चकलेट र १५ किलो ओरेन्ज जेली एकै ठाँउमा मिसाउँदा के बन्ला ? यसको उत्तर पनि सजिलो छ–विश्वकै सबैभन्दा ठूलो जाफा केक । पूर्वग्रेट ब्रिटिश बेक अफ विनर फ्रान्सिस क्विनले म्याक भिटीका कर्मचारीसँग मिलेर यस्तो केक तयार पारेकी हुन् । अन्य केकभन्दा सयौँ गुणा ठूलो उक्त केकको व्यास १७५ सेन्टिमिटर छ ।
क्विनले बेलायतको गट ट्यालेन्ट कार्यक्रमको १५औँ वार्षिकोत्सवमा ८० किलो केक तयार गरेकी थिइन् । उनले भनिन्, ‘मैले पाँच वर्षअघि बनाएको कीर्तिमान तोड्नको लागि म्याकभिटीसँग साझेदारी गर्न पाउँदा एकदमै खुशी लागेको छ । यस्तो प्रतिष्ठित केकको साथ बेलायतको गट ट्यालेन्टको १५औँ जन्मदिन मनाउन पाउँदा ठूलो खुशी लाग्यो । ’
सन् २०१३ मा द ग्रेट ब्रिटिस बेक अफको चौथो शृंखला जित्ने सुश्री क्विनले २०१७ मा बनाएको आफ्नै गिनिज वल्र्ड रेकर्ड तोडेकी हुन् । झन्डै २ मिटर फराकिलो सो केक बनाउन ११ घन्टा लागेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१४ तल्ले भवन भित्र बसेको अमेरिकाको एउटा शहर !
बैशाख १२, २०८१ बुधबार
ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि...
बैशाख ६, २०८१ बिहिबार
विश्वको सबैभन्दा अग्लो घन्टाघर, ६ किमी टाढैबाट सकिन्छ समय हेर्न
चैत ३०, २०८० शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
दश वर्ष कोरिया बसेर फर्किएका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
धरमपानी गाउँ
बैशाख १४, २०८१ शुक्रबार