बागलुङका स्थानीयकाे गुनासाे : मानवअधिकार रक्षामा ध्यान पुगेन
नेपालबहस संवाददाता
जेठ ३०, २०७९ सोमबार १८:२३:४२
३० जेठ , बलेवा । आगामी असार १० गतेसम्म बागलुङका सबै स्थानीय तहले आफ्ना नीति तथा कार्यक्रम र आगामी वर्षको बजेट ल्याउँदैछन् । स्थानीय सरकार गठनपछिको दोस्रो कार्यकालको सुरुआत गरेका जनप्रतिनिधिले ल्याउन लागेको यो पहिलो बजेट हो । बागलुङका स्थानीय तहले विगतमा निर्माण गरेका नीति तथा कार्यक्रम र बजेटमा मानवअधिकार प्राथमिकतामा नपरेका विषयमा गुनासो आउन थालेका हुन् ।
सडक र भवन बनाउने कामलाई मात्रै विकास भएको मान्ने धारणा कारण मानवीय विकास हुन नसकेको सरोकारवालाको गुनासो छ । “मानवीय विकासभन्दा डोजरे विकासमा स्थानीय तहको ध्यान छ”, मानवअधिकार समाज गण्डकी प्रदेश सदस्य लक्ष्मी जिसी कार्कीले भने, “संविधानले व्यवस्था गरेका, कानून बनेका विषयमा नजिकको सरकारले ध्यान दिनुपर्छ ।” मानवअधिकारको रक्षाका लागि सरकारले कार्यक्रम बनाएर कार्यान्वयन गर्दा मात्रै मानव अधिकारको रक्षा र प्रवर्धन हुने नले बताए ।
“स्थानीय तहले काम गरेर देखाउने नै हो भने मानव अधिकारका क्षेत्रमा पहिलो काम समान श्रमको समान ज्याला कायम गरेर देखाउन जरुरी छ”, उनले भने, “व्यवस्थाले मात्रै मानव अधिकारको रक्षा हुँदैन, व्यवहार र अवस्था परिवर्तन हुनुपर्याे ।”
‘मानव अधिकारको संरक्षण र संवर्धनका लागि संचारकर्मीको भूमिका’ विषयमा पत्रकार महासङ्घ बागलुङ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागीले सफा पानी पाउने, स्वच्छ हावा पाउने जस्ता नागरिकका नैसर्गिक अधिकारबाट समेत सर्वसाधारण बंचित भएको भन्दै ससाना कामबाट प्राप्त हुने मानव अधिकारका लागि स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने बताए ।
“जातीय विभेद, लैंगिक विभेद जस्ता जघन्य मानवअधिकार उलंघननका घटना रुपान्तरित भएका छन्”, अधिवक्ता राम शर्माले भने । सञ्चारमाध्यमले उठान गर्ने विषय, मानव अधिकारविरुद्ध भएका घटनामा सञ्चारमाध्यमले पुर्याउने आँखा र सञ्चारकर्मीको सक्रियताले अधिकारप्राप्तिमा सहयोग गरेको सहभागीको धारणा थियो । बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले मानव अधिकार रक्षाका लागि बागलुङ नगरपालिका सदैव जिम्मेवार रहेको बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले विकासोन्मुख देशमा मानवअधिकार हननका घटना धेरै हुने गरेको भन्दै समुदायमा सचेतनाको खाँचो आैँल्याएका थिए । कार्यक्रममा राससका धौलागिरि संयोजक राम थापाले कार्यपत्र प्रस्तुत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३२ प्रतिशतले बढेको अवस्थामा ७ खर्ब २३ अर्ब बढी देखियो व्यापार घाटा
माघ ७, २०८१ सोमबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने
माघ १३, २०८१ आइतबार
नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारितः मुख्यमन्त्री
माघ १३, २०८१ आइतबार
हास्य, सङ्घर्ष, र गम्भीर भावसहित चलचित्र 'डोरी’ को नयाँ पोस्टर सार्वजनिक
माघ १३, २०८१ आइतबार