कोरोनाकाे कारण गड्डाचौकी भएर आउने पर्यटकको सङ्ख्या न्यून
नेपालबहस संवाददाता
जेठ ३०, २०७९ सोमबार १९:४३:४४
३० जेठ, कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै पैदलमार्गबाट सन् २०२२ को पाँच महिनामा ९५ जना विदेशी पर्यटक भित्रिएका छन् । कोरोना महामारीका कारण सीमानाका हुँदै आउने पर्यटकको सङ्ख्या घटेको हो । अध्यागमन कार्यालय गड्डाचौकीका सूचना अधिकारी पदमराज भट्टका अनुसार जनवरीमा १७, फेब्रुअरीमा ७, मार्चमा २९, अप्रिलमा २२ र मेमा २२ जना पर्यटक सीमानाका भएर भित्रिएका छन् ।
सीमानाका हुँदै भारततर्फ जाने पर्यटकको सङ्ख्या भने शुन्य रहेको छ । “नेपाल भित्रिने विदेशी पर्यटकलाई भारतले सीमानाकामा रोकतोक गरेको छैन । नेपाल भएर भारततर्फ जानेलाई सन् २०२१ को डिसेम्बरदेखि हालसम्म जान दिएको छैन । केन्द्रबाटै केही सीमा नाका मात्रै भारततर्फ जाने विदेशी पर्यटकका लागि खुला रहेका छन्”, उनले भने ।
गत वर्षको यही अवधिमा सीमा नाका हुँदै आउने पर्यटकको सङ्ख्या भने शुन्य रहेको थियो । कोरोनाको संक्रमण घटेसँगै विस्तारै विदेशी पर्यटक सीमानाका हुँदै आउन थालेका छन् । सीमा नाका हुँदै नेपाल भित्रिने विदेशी पर्यटकमा विशेष गरी भारतमा बस्दै आएका रहेका छन् । “भारतमा छ महिना बसेका विदेशी पर्यटकले देश छोड्नुपर्ने नियम रहेको छ”, सूचना अधिकारी भट्टले भने, “ती विदेशी पर्यटक छ महिना अवधि पुगेपछि नेपाल आउने गरेका छन् । पुनःभारत फर्कनका लागि उनीहरुले अर्को सीमा नाकाको प्रयोग गर्ने गरेका छन् ।”
भारतमा बस्ने विदेशी पर्यटकले नेपाल आएपछि अधिकांशले १५ दिनको भिसा लगाउने गरेका छन् । विदेशी पर्यटकलाई न्यूनतम १५ दिनको भिसा दिइने गरेको छ । जसका लागि भिसा शुःल्क ३० डलर लाग्ने गर्दछ । ३० दिनको भिसाका लागि ५० डलर र ९० दिनको भिसाका लागि १२५ डलर शुःल्क लाग्ने गरेको अध्यागमन कार्यालयले जनाएको छ ।
अध्यागमन कार्यालयको तथ्यांकअनुसार सन् २०२१ जनवरीदेखि जुलाईसम्म सीमा नाका हुँदै भित्रिने पर्यटकको सङ्ख्या शून्य रहेको थियो । अगष्टदेखि डिसेम्बर सम्म ५८ जना पर्यटक मात्रै भित्रिएका थिए । सोही अवधिमा सीमा नाका भएर ६० जना पर्यटक बाहिरिएका थिए । सन् २०२० को जनवरीदेखि मार्च महिनासम्म ६१८ जना विदेशी पर्यटक भित्रिएका थिए । अप्रिलदेखि सेप्टेम्बर महिनासम्म सीमा नाका हुँदै आउने पर्यटकको सङ्ख्या शुन्य रहेको थियो ।
अक्टुवर महिना मात्रै दुई जना विदेशी पर्यटक भित्रिएका थिए । नोभेम्बर र डिसेम्बर महिनामा पर्यटकीय गतिविधि शून्य रहेको थियो । सन् २०२० मा सीमा नाका हुदै ५१९ पर्यटक बाहिरिएका थिए । सन् २०१९ मा दुई हजार २९२ पर्यटक भित्रिएका थिए भने सोही अवधिमा ६२० पर्यटक बाहिरिएका थिए । सन् २०१८ मा दुई हजार ९३० पर्यटक भित्रिएका र दुई हजार २२२ पर्यटक बाहिरिएका थिए ।
यसैगरी, सन् २०१७ मा दुई हजार ७४५ पर्यटक भित्रिएकोमा एक हजार ७८९ पर्यटक बाहिरिएका थिए । सन् २०१६ मा दुई हजार ५८२ पर्यटक भित्रिएकोमा एक हजार ५५९ पर्यटक बाहिरिएका थिए । “विदेशी पर्यटकहरुले सीमा प्रवेश गरेपछि सम्पुर्ण विवरण सहितको फाराम भर्नु पर्ने हुन्छ । आवेदन दिनु पर्छ” सुचना अधिकारी भट्टले भने, “कोरोना विरुद्धको दुई वटा खोप अनिवार्य लगाएको हुनुपर्छ । त्यस पछि मात्रै सीमा प्रवेश अनुमती दिइने गरेको छ । धेरैले फाराम भर्न जान्दैनन् । हामीले फाराम भर्न सघाउने गरेका छौं ।”
विदेशी पर्यटकसँग नगद रकम नभइ कार्ड मात्रै हुने गर्दछ । कार्ड स्वाइप गर्ने मेसिनको व्यवस्था कार्यालयमा नभएको, नजिकमा कुनै पनि बैंकको शाखा नभएको र मनी चेन्जरमा विदेशी पैशाको कारोवार नहुने गरेकाले पर्यटकलाई समस्या हुने गरेको उनले उल्लेख गरे । अध्यागमन कार्यालय लामो समय देखि भाडाको घरमा संचालन हुदै आएको छ । कार्यालयको अफनो स्वामित्व जग्गा र घर नहँदा भाडाको घरमा संचालन हँदै आएको हो । कार्यालयमा कार्यरत कर्मचारीले २४ सै घण्टा सेवा दिँदै आएपनि अतिरिक्त सुविधा भने पाउने गरेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन् २०२४ मा चार हजारभन्दा बढी विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरे
पुष २५, २०८१ बिहिबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्राको मूल्य घटबढ
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार