चार दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए चार्लस ए फ्लिन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ ३०, २०७९ मंगलबार ३:५३:३९
![](https://nepalbahas.prixacdn.net/media/albums/Army-USA-3-e1655137376849_7fxluyqeE5.jpg)
३० जेठ, काठमाडौं । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्लस ए फ्लिन आइतबार राति चार दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए ।
जेठ २६ मा सद्भावना भ्रमणमा फ्लिन नेपाल आएका थिए। चार दिने औपचारिक भ्रमणमा नेपाल आएका सैनिक जनरल फ्लिनले स्वदेश फर्कने दिन आइतबार पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमान्ड एण्ड स्टाफ कलेजको भ्रमण गरे ।
सन् २०२१ जुनदेखी एसिया–प्रशान्त क्षेत्रको प्रमुख रहेका फ्लिनले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विभिन्न प्रदर्शनीको अवलोकन गरेका छन् । नेपालमा रहँदा उनले उच्चस्तरीय भेटवार्ता गरे। प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणको गृहकार्य भइरहेका बेला अमेरिकाबाट चारतारे जनरलको नेपाल भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।
उनी नेपाल आउनु अघि चार दिने भारत भ्रमणमा थिए । अमेरिकाले नेपाललाई भारतीय आँखाबाट हेर्ने गरेको विश्लेषण भइरहँदा उनी भारत भ्रभण सकेन नेपाल आएका हुन् । प्रधानसेनापति शर्माले आगामी असारको १३ गतेदेखि १७ गतेसम्म अमेरिकाको औपचारिक भ्रमण गर्न लागेका बेला उनको भ्रमण भएको हो ।
प्राध्यापक कृष्ण पोखरेलले फ्लिनको भ्रमण नेपालमा अमेरिकी सेनाको स्टेट पार्टनरशीप प्रोग्राममा हस्ताक्षर गराउने तर्फ केन्द्रीत रहेको बताउँछन् । यो इण्डो प्यासिफिक रणनीतिको अभिन्न अंग भएको उनको भनाइ छ ।
‘भारतमा जत्तिकै नेपालमा पनि चार दिन बिताए अमेरिकी सेनाका प्यासिफिक कमाण्डर चार्ल्स ए फ्लिनले । उनको जोड अमेरिकी सेनाको स्टेट पार्टनरशीप प्रोग्राममा नेपाललाई हस्ताक्षर गराउने तर्फ केन्द्रित देखियो । यो इण्डो प्यासिफिक रणनीतिको अभिन्न अंग हो ।’
अमेरिकाको यस्तो प्रस्तावलाई विनम्रतापूर्वक पन्छाउन सक्नु मै नेपालको हित हुने उनको भनाइ छ । ‘यसमा हतारिएर हस्ताक्षर गर्यो भने नेपाल अन्तराष्ट्रिय द्वन्द्वको भुँमरीमा पर्नेछ र आफ्नो रणनीतिक स्वायत्तता समेत गुमाउनेछ’ उनको भनाइ छ ।
यो विषय एमसीसी भन्दा निक्कै पेचिलो रहेको बताउँदै उनले भने ‘मुलुककै स्वतन्त्र अस्तित्वमाआँच आउने खतरा सृजना हुने खण्ड आयो भने देउवा नेतृत्वको सरकार गोलखाडी गयो र नयाँ समीकरणको सरकार बनो भने पनि अन्यथा नमाने हुन्छ !’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघाइते महिलाको हेलिकोप्टरमार्फत उद्धार
फागुन ४, २०८१ आइतबार
प्रसूति व्यथा लागेको १८ घण्टापछि उद्धार
माघ २४, २०८१ बिहिबार
रौतहटमा नेपाली सेनाद्वारा ७०० विपन्नलाई कम्बल वितरण
माघ १७, २०८१ बिहिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
दिल्लीमा नयाँ मुख्यमन्त्री पदको दौडमा क-कसको नाम छ ?
फागुन ५, २०८१ सोमबार
इजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
फागुन ५, २०८१ सोमबार
बजेट कोष बढाउन कार करमा निर्भर श्रीलङ्का
फागुन ५, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकहरुलाई मिसन हस्पिटलमा विशेष छुट
फागुन ५, २०८१ सोमबार