हाटबजार कृषि उपज तथा पशुपक्षी बिक्री गर्ने थलो बन्दै
नेपालबहस संवाददाता
जेठ ३१, २०७९ मंगलबार १६:५८:२९
३१ जेठ , टीकापुर । कैलालीको टीकापुर क्षेत्रका किसानले हाटबजारलाई कृषि तथा पशुपक्षी उपज बिक्री गर्ने थलोका रूपमा प्रयोग गर्न थालेका छन् । पछिल्लो समय किसानले हाटबजारमा आफ्नो बारीमा उत्पादित तरकारी बिक्री र आफूले पालेका पशुपक्षी किनबेच गर्ने गरेका छन् ।
टीकापुर नगरपालिका–१ मा कृषि हाटबजार सातामा चार दिन र पशु हाटबजार एक दिन संचालन हुन्छ । हाटबजार संचालनमा आउँदा कृषकलाई सहजतासँगै आम्दानी बढेको छ । कृषि तथा पशुपक्षी उपजको बिक्री थलो सुनिश्चितता हाटबजार नै उपयुक्त स्थान रहेकाले किसानले उत्पादन गरेको कृषि उपजले राम्रो र उचित मूल्य पाउनुका साथै सहजरूपमा बिक्री गर्ने वातावरण मिलेको किसान बताउँछन् ।
किसान मानबहादुर चौधरीले हाटबजारले किसानलाई खेती र पशुपालनमा हौसला मिलेको बताए । “उत्पादन भएको कृषि उपज बिक्री हाटबजारमै हुन्छ, थोरै–धेरै जति भए पनि आफैँले लगेर बिक्री गर्न सकिन्छ”, उनले भने, “हाटबजारले किसानको अर्थावस्थामा सुधार ल्याएको छ । किसानले कृषिमा भविष्य छ भनेर रुचाउन थालेका छन् ।”
टीकापुरको ब्लक नं ११ र कृषि हाटबजारस्थल गरी दुई स्थानमा साताको चार दिन हाटबजार लाग्ने गर्छ । ब्लक नंं ११ मा मंगलबार र शुक्रबार र हाटबजारस्थलमा बुधबार र शनिबार बजार लाग्छ । पशु हाटबजार भने हरेक साताको मङ्गलबार लाग्ने गर्दछ । यसरी हरेक साताको चार दिन लाग्ने हाटबजारमा स्थानीय कृषकले उत्पादन गरेको विभिन्न तरकारी बाली सहजरूपमा ल्याएर बेच्ने गरेका छन् ।
स्थानीय क्षेत्रका पायक पर्ने ठाउँमा हाटबजार लाग्दा किसान सहजै कृषि उपज ल्याएर बेच्ने गरेका किसान राजकुमारी चौधरीले बताए । “कृषि उपज बेच्न कृषक र उपभोक्ताबीच जमघट हुँदा यसले कृषि गर्न चाहनेलाई पनि हौसला मिल्छ, साथै ताजा तरकारी खान पाइन्छ”, चौधरीले भने, “हाटबजारमा कृषि उपजदेखि विभिन्न खाद्यवस्तु र स्थानीय परिकार, लुगाकपडासमेत बिक्री हुने गरेका छन् ।”
हाटबजारले स्थानीय कृषकको आयआर्जनमा वृद्धि गरेको छ । घरको करेसाबारीको उत्पादनदेखि लिएर व्यावसायिकरूपमा खेती गर्ने किसानको जीविकोपार्जन र आर्थिक स्रोतका रूपमा हाटबजारले सहयोग पुग्ने गरेको भोजरानी चौधरीले बताए । “काममा व्यस्त पनि रहने, उत्पादन बिक्री गरेर जीविका चलाउन सजिलो भएको छ”, उनले भने, “अहिले स्थानीय तह, सिँचाइ आयोजना कृषितर्फ लगायतले कृषिमा लागेकालाई अनुदान, औजार सहयोग, प्राविधिक सहयोगजस्ता कार्यसमेत गर्दै आएका छन् । यसले कृषिमा थप आकर्षण बढेको छ ।”
टीकापुर नगरपालिकाको सहयोगमा तीन वर्षदेखि ब्लक नं ११ र हाटबजारस्थल जमरा नदी किनारमा १५ वर्षदेखि हाटबजारका लागि टहरा निर्माण भई संचालनमा आएको हो । हाटबजारमा टीकापुरका वडा नं १, २, ३, ४, ५, ६ र आसपासका पालिका जानकी र जोशीपुर गाउँपालिकाका किसानसमेत आफ्नो कृषि उत्पादन बेच्न आउने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार
‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार
प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा
मंसिर ९, २०८१ आइतबार