नेपालगञ्जमा रगतको माग बढ्याे
नेपालबहस संवाददाता
जेठ ३१, २०७९ मंगलबार १८:२७:५६
३१ जेठ, राँझा । पश्चिम नेपालको स्वास्थ्योपचार केन्द्र बन्दै गएको नेपालगञ्जमा रगतको माग र आपूर्ति दुवै बढ्दै गएको छ । यहाँस्थित सरकारी अस्पताल भेरी र निजी क्षेत्रको शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्जमा लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका जनता स्वास्थ्योपचारका लागि आउने गरेका छन् ।
निजी क्षेत्रबाट सञ्चालित अन्य अस्पतालमा पनि बिरामीको चाप हुने गर्दछ । बिरामीको चाप बढ्दो रहेकाले रगतको माग पनि बढ्दै गएको नेपालगञ्जस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले हाल मासिक करिब एक हजार पिन्टको हाराहारीमा रगतको आपूर्ति गर्दै आएको छ ।
केन्द्रले नेपालगञ्ज र कोहलपुरबाट सेवा दिइरहेको छ । क्यान्सर अस्पतालमा बिरामी आउने क्रम बढेपछि खजुरामा पनि रक्त सञ्चार केन्द्रको माग भइरहेको छ ।
बाँकेमा बेलाबेला रगत अभाव पनि हुने गर्दछ । अभावका बेला सङ्घसंस्थामा सम्पर्क गरेर रक्तदानका लागि आग्रह गर्दै आइरहेको जानकारी दिँदै रेग्मीले बाँकेमा पछिल्लो समय व्यक्तिगत र संस्थागतरूपमा रक्तदान गर्नेहरूको सङ्ख्या उल्लेख्य रहेको बताए ।
विसं २०३३ मा सात युनिट रगत सङ्कलन तथा आपूर्ति गर्दै सेवा सुरु गरेको रक्तसञ्चार केन्द्रबाट हाल वार्षिक १३ हजार पिन्ट रगत आपूर्ति भइरहेको सोसाइटीका वरिष्ठ कार्यक्रम प्रबन्धक दोलख डाँगीले जानकारी दिए।
उनका अनुसार रक्त सञ्चार केन्द्र नेपालगञ्जमा संस्थागत र व्यक्तिगत गरी करिब आठ हजार स्वयंसेवी रक्तदाता आवद्ध रहेका छन् । रगतको माग र आपूर्ति दुवै बढेको छ । माग धान्नका लागि अब बजार क्षेत्रमात्र नभई गाउँ–गाउँमा रक्तदानका लागि अभिप्रेरित गर्नुपर्ने अवस्था आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन
पुष २४, २०८१ बुधबार
‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार