साउदीमा कामदारलाई लागि नयाँ नियम, तीन महिनासम्म घाममा काम गर्न नपर्ने
नेपालबहस संवाददाता
जेठ ३१, २०७९ मंगलबार १८:२६:५७
३१ जेठ, काठमाडौं । साउदी अरबस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई दिउँसो ‘मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म’ बाहिर घाममा काम नगर्न आग्रह गरेको छ ।
दूतावासले आज एक विज्ञप्ति जारी गर्दै साउदी अरबको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयको सूचनाका आधारमा उक्त आग्रह गरेको हो । यो नियम भोली जुन १५ देखि सेप्टेम्बर १५ सम्म लागू हुने जनाइएको छ ।
साउदी अरबमा अत्याधिक गर्मी बढेपछि कामदारको सुरक्षाको लागि त्यहाँको सरकारले कामदारलाई रोजगारदाताले दिउँसो घाममा काम गर्न लगाउन नपाउने नियम ल्याएको हो ।
‘साउदी सरकारको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालय ‘श्रम मन्त्रालय’ ले यही १५ जुन देखि १५ सेप्टेम्बर २०२२ ‘३ महिना’ सम्म दिउँसो १२ बजेदेखि ३ बजेसम्म कुनै पनि रोजगारदाताले कामदारलाई बाहिर घाममा गर्नुपर्ने काममा लगाउन नपाइने जनाएको छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यदी कुनै कम्पनी वा रोजगारदाताले नियमको अवज्ञा गरेर कुनै कामदारलाई आगामी तीन महिनाको अवधिमा मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म बाहिर घाममा काम गर्न लगायो वा काम गर्न बाध्य पा¥यो भने श्रम मन्त्रालयको टोल फ्री नं। १९९११ मा सम्पर्क गरेर उजुरी गर्न समेत अनुरोध गरिएको छ ।
कम्पनीको सुपरभाइजरले वा क्याम्प बोस वा यस्तै अन्य व्यक्तिले कामदारको गल्ती नै नभएको बेलामा पनि कुटपिट गर्ने तथा विभिन्न प्रकारका शारीरिक हिंसा गर्ने गरेको गुनासो आउने गरेको दूतावासले जनाएको छ । यस्तो अवस्थामा प्रहरीलाई ९११ नम्बरमा तुरून्तै सम्पर्क गर्न दूतावासले त्यहाँ रहेका नेपालीलाई अनुरोध गरेको छ ।
‘कुटपिट र शारीरिक हिंसा बाहेक कम्पनी वा रोजगारदातासँग कामदारको समस्यासँग सम्बन्धित विषयमा कुनै गुनासा छन् भने श्रम मन्त्रालयको टोल–फ्री नं १९९११ मा सम्पर्क गर्न सक्नुहुनेछ,’ दूतावासले भनेको छ ।
नेपाली कामदारको लागि साउदी अरब वैदेशिक रोजगारको प्रमुख गन्तव्यमध्ये एक हो । साउदीमा चार लाखको हाराहारीमा नेपाली कामदार रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने
जेठ २, २०८१ बुधबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
बेकरीबाट स्वदेशमै स्वरोजगारसँगै भारतीयलाई पनि जागिर
बैशाख २३, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने
जेठ ४, २०८१ शुक्रबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
भलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार
उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ
जेठ ४, २०८१ शुक्रबार