भारतमा थप ६५ सय नयाँ संक्रमित
नेपालबहस संवाददाता
जेठ ३१, २०७९ मंगलबार १९:२५:२१
३१ जेठ, एजेन्सी । भारतमा कोरोना भाइरसबाट थप ६५ सयभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा छ हजार ५९४ जना नयाँ संक्रमित भएका हुन् ।
यो सङ्ख्या अघिल्लो दिनको भन्दा १८ प्रतिशत कम भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । अघिल्लो दिन सोमबार सार्वजनिक गरेको विवरणमा आठ हजार ८४ जना नयाँ संक्रमित भएको देखिएको थियो ।
भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने ५० हजार ५४८ रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । संघीय स्वास्थ्य मन्त्रालयले पछिल्लो एक दिनमा चार हजार ३५ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएको जानकारी दिएको छ । योसँगै भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या चार करोड २६ लाख ६१ हजार ३७० पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
'बीबी माइनस' को ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटीः सीबीफिन
मंसिर १०, २०८१ सोमबार
नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी मेन्टर हज नेपालमा
मंसिर १०, २०८१ सोमबार