कीर्तिपुरको फोहोर एनआरएनएले कोरियन प्रविधिबाट व्यवस्थापन गर्ने
नेपालबहस संवाददाता
जेठ ३१, २०७९ मंगलबार २०:१९:२२
३१ जेठ, काठमाडौं । गैरआवासीय नेपाली संघ ‘अन्तराष्ट्रिय समन्वय परिषद’ ले कीर्तिपुरमा कोरियन प्रविधिबाट फोहोर व्यवस्थापन गर्ने भएको छ । सोमबार किर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मी र एनआरएन ‘आई.सी.सी.का अध्यक्ष विनोद कुँवरको टोलीबीच फोहोर व्यवस्थापनको विषयमा पालिका कार्यालयमा छलफल भएको छ । सो छलफलमा दुबै पक्ष सकारात्मक रहेको संघकी महासचिव जानकी गुरुङले बताएकी हुन् ।
नेपालमा देखापरेको फोहर बिसर्जनका समस्याहरुलाई न्यूनिकरण गर्न र त्यसलाई अधुनिक प्रविधिबाट प्रशोधन गरी उपयुक्त व्यवस्थापन गर्न नगरपालिकासँग समन्वय गर्न तयार रहेको र त्यस कार्यमा मेयर नकर्मी सकारात्मक भएको संघका अध्यक्ष कुँवारले बताए ।
अध्यक्ष कुँवरले कोरियन सरकारले फोहोर समस्या नभएर त्यसको सदुपयोगबाट मोहर कमाएको उत्कृष्ट नमुना नेपालमा पनि प्रयोग गर्न चाहेको बताउँदै भने, “हामीलाई सरकारले आवश्यक जग्गा, जनताको घरघरमा व्यवस्थित डस्वीन र जनचेतनासतिको वातावरण दिएमा फोहोरबाट सुन फलाउन तयार छौं ।”
गैर आवासीय नोपलीहरु नेपालमा फोहोरदेखि ठूला उद्यौगिक क्षेत्रमा लगानी गरेर जनतालाई प्रशस्त रोजगारी, सरकारलाई राजश्व र देशलाई स्वर्ग बनाउन तयार रहेकोले सरकारले त्यसका लागि लगानीमैत्री वातावरण गरिदिनुपर्ने धारणा समेत राखे ।
नगरप्रमुख नकर्मीले नगरलाई स्वच्छ र नागरिकलाई रोजगारी दिनसक्ने उत्साहित र देशप्रेमी जोकोही नेपालीलाई सकेजति सहयोग र सहकार्य गर्न आफू र आफ्नो टिम तयार रहेको बताए ।
सो कार्यक्रममा नगरप्रमुख नकर्मीको कार्यकक्षमा भएको छलफलमा एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद् ‘आईसीसी’की महासचिव गुरुङ, युरोप क्षेत्रका संयोजक उल्का घिमिरे र एनआरएन सेकेण्ड जेनेरेसन एम्बेस्डर दिपेश खत्री पनि सहभागि रहेको छलफलले नगरप्रमुखसँग केहिदिनमा आर्को छलफलबाट कार्यको टुङगो लगाउने बताएएको छ ।
संघका अध्यक्षको टालीले नवनिर्वाचित नगरप्रमुख नकर्मीलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिँदै गैरआवसीय संघको राम्रो काममा साथ रहने प्रतिबद्धतासेमेत व्यक्ति गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइस्लामावादमा पनि बुद्ध जयन्ती मनाइयो
जेठ १७, २०८१ बिहिबार
वासिङ्टन र अबुधावीमा गणतन्त्र दिवस मनाइयो
जेठ १६, २०८१ बुधबार
बेइजिङमा प्रार्थना सभा गरी बुद्ध जयन्ती मनाइयो
जेठ ११, २०८१ शुक्रबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
वि.सं. २००७ सालपछिको राजनीति: अस्थिरताको पर्याय
जेठ १६, २०८१ बुधबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
प्रजनन प्रक्रियामा रहेका सर्प
जेठ १७, २०८१ बिहिबार
माधव नेपालको ओहोर-दोहोरले सत्ता समीकरणमा तरंग
जेठ १७, २०८१ बिहिबार
इजरायली सेनाद्वारा गाजाबाट इजिप्ट जाने सीमा नियन्त्रण
जेठ १७, २०८१ बिहिबार
इस्लामावादमा पनि बुद्ध जयन्ती मनाइयो
जेठ १७, २०८१ बिहिबार
ढकमक्क फुलेको ड्रागन फ्रुट
जेठ १७, २०८१ बिहिबार
हरियालीले हराभरा बनेको तनहुँको बैंडीफाँट
जेठ १७, २०८१ बिहिबार