अर्थमन्त्रीमाथि उठेको पदीय आचरण र नैतिकताको प्रश्नमा कसले दिने उत्तर ?
केदार भट्टराई (काका)
जेठ ३१, २०७९ मंगलबार २१:२९:१६
३१ जेठ, काठमाडौं । समय समयमा विश्लेषण हुने गर्छ, राजनीति भनेको नैतिकताका आधारमा सामाजिक सेवाका लागि गरिन्छ । पद र पैसाकै लागि मरिहत्ते गरेर राजनीति गरिँदैन र यसरी राजनीति गर्नु भनेको महाअपराध हो । तर, राजनीतिबाटै पदमा पुगेकाले पदीय आचरणभन्दा बाहिर गएर काम गरेको भन्दै उसको नैतिकता खै भनेर प्रश्नहरु उठिरहँदा यसको उत्तर कसले दिने भन्ने अर्को प्रश्न यतिबेला खडा भएको छ र त्यसका पात्र बनेका छन् ,अर्थमन्त्री जनार्दन शर्मा ।
केही समयदेखि अर्थमन्त्री जनार्दन शर्माको पदीय आचरण र नैतिकतामाथि प्रश्न उठाएर राजीनामा माग भइरहेको छ । उनको राजीनामा प्रतिपक्षले मात्र हैन, सत्ता पक्षका नेताहरुले पनि मागेका छन् । तर, नैतिकता देखाएर राजीनामा दिने हैन, आफुलाई मन्त्री पदबाट हटाए देखाइदिने धम्की पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई दिएर बसेका छन् उनी । उता, संसदमा प्रमुख प्रतिपक्षी दल एमाले अनैतिक काम गरेको प्रमाणसहित यत्रो आरोप लागिसक्दा पनि अर्थमन्त्रीले राजीनामा नदिनुको कारण के हो भन्दै जवाफ मागिरहेको छ ।
नैतिकताभन्दा बाहिरबाट हेर्दा पनि अर्थमन्त्रीले गरेका केही कामहरु गलत थिए भनेर खोज्दा प्रमाणहरु भेटिन सक्ने खालकै छन् । जहाँबाट चाहेको खण्डमा अर्थमन्त्रीले मनग्य आम्दानी लिन सक्छन । उनले अर्थमन्त्री भएलगतै केही ठूला रड उद्योगहरुलाई राहत दिएर अरबौं कमाउने मौका दिए । यसबाट मझौला र साना खालका उद्योहरु नराम्ररी प्रभावित भए । यसमा ठूलो आर्थिक चलखेल गरेर अर्थमन्त्री शर्माले राम्रै कमाएको पहिलो आरोप छ ।
नेपालमा हुने उत्पादनले आन्तरिक बजार धान्न सक्ने वस्तुहरुमा लगानी गरिरहेका उद्योगहरुलाई डुबाएर आयात गरिने समान प्रकृतिका वस्तुहरुको आयात प्रोत्साहन हुने गरी कर छुट दिनुलाई पनि आम्दानीको अर्को राम्रै पाटो मानेर उनको विरोध भइरहेको छ । अर्थमन्त्री रातारात चम्किँदा स्वदेशी उद्योगहरु चर्लुम्मै डुबाएको अर्को आरोप उनीमाथि छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर निलम्बन प्रकरणदेखि आयात रोक्ने र खोल्ने कुरामा पनि अर्थमन्त्री चोखो नभएका धेरै प्रमाणहरु आइसकेका छन् । यहाँनेर अर्थमन्त्री शर्माले राजनीतिक नैतिकता देखाएको भए अहिले हैन उहिले नै राजीनामा दिनुपर्ने हो । तर, देखाएनन् र अहिले पनि उनले फेरी मन्त्री हुन के हो कसो हो अहिले नै पड्काउ के को नैतिकता भन्नेतिरै ध्यान दिइरहेका छन् । यो अवस्थामा एमालेले जवाफ पाउने कताबाट हो पत्तो छैन् ।
अर्थमन्त्रीले नैतिकता नदेखाउँदा यसको उत्तर दिनुपर्ने हो सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवा र जनार्दनलाई मन्त्री बनाएर पठाउने पार्टी नेकपा माओवादी केन्द्रका पार्टी अध्यक्ष पुष्पकमल दाहल‘प्रचण्ड’ले । यो विषयमा दुबैबीच कुरा पनि भइसकेको छ । तर, प्रधानमन्त्री देउवा प्रचण्डको आस गर्ने र प्रचण्ड प्रधानमन्त्रीले कारवाही गरिदिए हुने भन्ने पक्षमा छन् ।
समाचार स्रोतहरुले जनाए अनुसार अर्थमन्त्री शर्माले मन्त्रीबाट निकाले पार्टी छोडेर देखाउने धम्की प्रचण्डलाई दिएका छन् । उनले पार्टीबाट कारवाही स्वरुप मन्त्रीबाट फिर्ता बोलाए नेकपा एमालेका अध्यक्ष ओलीले आफुलाई स्वागत गर्ने जनाउ दिएका छन् । नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर अरुको नाम पठाउँदा त्यसका अध्यक्ष माधव नेपाललाई परेकै समस्या अहिले प्रचण्डलाई पनि पर्ने देखिन्छ ।
नेपालको संसदीय इतिहासमा नैतिकताको आधार देखाएर राजीनामा दिने पदासिन नेताहरु कमै छन् । पार्टीले चुनाव हारेपछि तत्कालीन नेकपा एमालेको अध्यक्षबाट माधव नेपालले नैतिकता देखाएर राजीनामा दिए । अहिलेका अर्थमन्त्रीको जस्तै अवस्था आएपछि तत्कालीन अर्थमन्त्री महेश आचार्यले पदबाट राजीनामा दिए । आचार्यले पनि तत्कालीन गभर्नर डा.तिलक रावललाई सर्बोच्चले नेपाल राष्ट्र बैंकमा पुनः फर्काएपछि नैतिकताकै आधारमा राजीनामा दिएका हुन् । उनलाई अहिलेका अर्थमन्त्री शर्मालाई जस्तो दवाव पनि आएको थिएन र कुनै आरोप पनि लगाइएको थिएन् ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पराजित भएपछि रक्षामन्त्रीको जिम्मेवारीमा रहेका डा. मिनेन्द्र रिजालले पनि पदबाट राजीनामा दिएर बसेका छन् । रक्षामन्त्रालयमा अहिलेसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले अर्को मन्त्री नियुक्त नगरी आफैले चलाइरहेका छन् । दवावमा परेपछि नैतिकता भन्दै राजीनामा दिएर बाहिरिने मन्त्रीहरु अरुपनि छन् ।
अहिले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा प्रसंग निकै चर्चामा छ । उनी पार्टी, प्रधानमन्त्री र प्रतिपक्षी दलसहित सडकबाट पनि राजीनामाको दवावमा परेका छन् । प्रतिनिधिसभामा एमालेले अर्थमन्त्रीमाथि यति गम्भीर प्रश्न उठेपछि त्यो पदमा बस्न लायक नभएको बताइरहेको छ । प्रधाानमन्त्रीले करको विषय ज्यादै गोपनिय र राष्ट्रको सुरक्षा स्वार्थको विषयसमेत भएकाले यसको जवाफ दिनुपर्ने माग गरिरहेको छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार