अलपत्र पूलले निम्ताउदै विपद्, डौवावासी त्रसिद
नेपालबहस संवाददाता
जेठ ३१, २०७९ मंगलबार २२:२९:१३
३१ जेठ, स्याङ्जा । समयमै पुल निर्माण सम्पन्न नहुँदा विपद्को सामाना गर्न बाध्य छन् स्याङ्जाको वालिङ ११ डौवाका स्थानीयहरु । २ बर्षमा सम्पन्न हुनुपर्ने पुल ५ बर्ष सम्म पनि निर्माण नहुँदा अहिले बर्षादले खेतीयोग्य जमिन सहित जनधनको क्षती हुनेहोकी भन्दै स्थानीयहरु त्रसिद भएका हुन् । स्याङ्जाको वालिङ र भीरकोट जोड्ने आँधीखोलामा निर्माण हुनलागेको मोटरेवल पुलको बाधले आँधीखोलामा आउने बाढीले वालिङ ११ डौवावासी त्रसिद भएर बस्न विवस छन् ।
रायमाझी क्याराभान कन्ट्रक्सनले २ बर्षमा सम्पन्न गर्नेगरी ठेक्क लिएको छाङ्छाङदी छतिवन पुल समयमै निर्माण सम्पन्न नहुँदा आँधीखोलाले आसपासको जमिन कटान शुरु गरिरहेको छ । गतबर्ष आँधीखोलामा आएको बाढीले पनि समस्या ल्याएपनि मानवीय र खेतीयोग्य जमिनमा खासै क्षती पुराएको थिएन ।
पुल निर्माण गर्दा लगाएको बाँध समयमै नखोलिदिने हो भने आँधीखोलामा आएको बाढीले वालिङ ११ डौवा फाटको सिङ्गो बस्ती र खेतीयोग्य जमिनमा क्षती पुग्ने अनुमान गरिएको छ । स्थानीयहरुले ठेकेदार कम्पनी देखि सडक विभाग र सम्वन्धित निकाय सगँ हारगुहार गर्दा पनि सुनुवाई नभएको गुनासो गर्दै आएका छन् । आँधीखोलाले स्वरुप परिवर्तन गरेमा करोडौको खेतीयोग्य जमिन देखी मानवीय क्षती हुने स्थानीयहरुले बताएका छन् ।
२०७५ साल कार्तिकमा पुर्व मन्त्री रघुबिर महासेठ र पद्मा अर्यालले संयुक्त शिलन्यास गरेको मोटेरेवल पुल पर्यटन प्रवद्र्धनका निम्ति निर्माण गर्न लागिएको पुल हो । स्वरेक मैदानबाट उड्ने प्यारागलाईडरका पारखीहरु र पर्यटकहरुलाई सहजै पुग्न छोटो बाटोका लागि यो पुल वालिङ र भीरकोट नगरपालिका जोड्ने काम गर्दछ । समयमै पुल निर्माण नहुँदा अहिले बाढीले ठुलो क्षती हुने तर्फ ध्यान दिन सम्वन्धित् निकाय सगँ आग्रह गरिरहेको स्थानीय चोलाकान्त पौडेलले बताए ।
समयमा सम्पन्न गर्न नसक्ने ठेकेदार कम्पनीलाई कारवाहि गरेर भएपनि यहाँको बस्ती र खेतीयोग्य जमिन जोगाउन सरकारले ध्यान दिनुपर्ने स्थानीय चोलाकान्त पौडेलले भने,‘दुई बर्षमा सक्नुपर्ने पुल ५ बर्ष पुग्दा पनि सम्पन्न हुदैन ।’ अहिलेको बाढीले क्षती पुग्यो भने जिम्मा कस्ले लिने प्रतिप्रश्न गर्दै पौडेलले भने । पटक पटक ताकेदा गर्दा पनि चासो नदिने कस्तो समय आयो पौडेलले भने,‘न समयमै पुल बन्छ न हामी सुरक्षित छौ भन्न सक्छौं ।’ ठेकेदारको लापरवाहि र सडक विभागको निकम्वा पनले जोखिम मोल्न बाध्य भयौ उनले भने ।
समयमै पुल निर्माण नहुँदा अहिलेको बर्षादले आँधीखोलामा आउने बाढीले ठुलो क्षती हुन सक्ने तर्फ वालिङ नगरपालिकाको ध्यानाकर्षण भएको वालिङ ११ का वडा अध्यक्ष डण्डपानी पंगेनीको भनाई छ । यस सम्वन्धमा नगरपालिका भित्र रहेको विपद् व्यवस्थापन समिति मार्फत तत्काल समाधानका लागि पहल गर्ने पंगेनीले बताए । ठेकेदार कम्पनीका इन्जिनियर कपिल कोइरालाले भने आउने मंसिर महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने दावी गरेका छन् । पुल सम्झौता लगत्तै कोरोना संक्रमण र अहिले आर्थिक महङ्गीले गर्दा तोकिएको समयमै पुल निर्माण गर्न नसकेको स्विकार कोइरालाले गरे ।
झण्डै १२ करोड ५४ लाखको लागतमा निर्माण हुन लागेको पुल ठेकेदारले विभिन्न समस्या देखाएर ५ बर्षदेखी अलपत्ररुपमा छाडेको छ । पुलको ४० प्रतिशत काम सम्पन्न भएपनि अझै ६० प्रतिशत काम बाँकी छ । बस्तीतिरको क्षेत्रमा आँधीखोलामा पुल निर्माण गर्दा लगाईको बाँधलाई समयमै खोल्न नलगाउने हो भने आँधीखोलाले स्वरुप फेर्न सक्ने देखिन्छ । जसले हजारौ रोपनी जमिन सगै मानबिय क्षती हुने तर्फ सम्वन्धित् निकायको ध्यान जानु जरुरी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
इतिहासकै कमजोर आईजीपीको सुरः निरीह, एकलकाँटे, छाँया र सधैँ हस् हजुर....
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
बालबालिकामा श्रवणसम्बन्धी समस्या अनिवार्य परीक्षण गर्नुपर्ने निर्देशिका स्वीकृत
माघ १३, २०८१ आइतबार
के अमेरिका र चीनबीचको व्यापार तनावबाट भारतले ठूलो फाइदा लिन सक्छ ?
माघ १३, २०८१ आइतबार
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
माघ १३, २०८१ आइतबार
इतिहासकै कमजोर आईजीपीको सुरः निरीह, एकलकाँटे, छाँया र सधैँ हस् हजुर....
माघ १३, २०८१ आइतबार
सुप्रिम सहकारी ठगीमा रविलाई १ करोड धरौटीमा छाड्न आदेश
माघ १३, २०८१ आइतबार